साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुवाद : छट्टु स्याल

Nepal Telecom ad

अनुवाद : गंगाप्रसाद अधिकारी 

एक पटक एउटा स्याल खानेकुरा खोज्दै खोज्दै सहरमा पुग्यो । सहरमा स्याल आएको देखेर सहरका कुकुरले त्यसलाई लखेट्न थाले । {{read_more}} स्याल भाग्दै भाग्दै निकै टाढा  height=एउटा पर्खालको छेउमा पुग्यो । त्यो पर्खाल एउटा धोबीको घरको भित्तो थियो । स्याल बुरुक्कै उफ्रेर त्यस भित्तोलाई नाघ्नेहुँदा पल्लोपट्टि लुगा रङ्गाउन तयार पारेर राखेको रङ्गको घोल भएको टबभित्र खस्यो । स्याल त्यही चिसो घोलमा रातभर काम्दै बसिरह्यो । बिहान भएपछि बाहिर निस्कँदा कुकुरहरू फर्किसकेका रहेछन् । बल्ल बाँचेँ भन्दै ढुक्क भएर स्याल बाटो लाग्यो ।

यहाँ त बाँच्न नदिने रहेछन्, अब जङ्गलै फर्कनुप¥यो भन्ने विचार गरेर स्याल जङ्गलतिरै फर्कंदै थियो । बाटामा उसलाई सारै तिर्खा लाग्यो । पानी खान भनेर ऊ नदीमा गयो । नदीमा पुगेर पानी खान खोज्दा त उसले नदीमा परेको छायामा आफूलाई पुरै निलो देख्यो । रातभरि निलो रङको घोलमा डुबेर बसेकाले ऊ निलो रङले रङ्गिएको थियो । स्याल पहिले त यो के भएको होला भनेर छक्क प¥यो । पछि उसले यो परिवर्तनबाट फाइदा लिने विचार ग¥यो ।

स्याल जङ्गलमा पुग्यो । त्यहाँ पुगेर उसले जङ्गलका सबै पशुहरूलाई भेला पा¥यो र भन्यो “हेर साथी हो, मलाई भगवानले तिमीहरूको राजामा नियुक्त गरेर पठाएका छन् । तिमीहरूले अबदेखि अनिवार्य रूपले मेरो आदेशको पालना गर्नुपर्नेछ बुझ्यौं ?”

उनीहरूको समूहमै कहिल्यै नदेखिएको त्यो निलो रङको प्राणी देख्दा जङ्गलका सबै जनावर छक्क परे अनि “होला ता नि ! कहीँ नभएको यस्तो विचित्रको प्राणीलाई भगवानले नै राजा नियुक्त गरेर पठाएछन् !” भन्ठानेर अरू प्राणी त के सिंह, बाघ, भालु जस्ता हिंस्रक र भयङ्कर प्राणीहरूले पनि उसलाई राजाको रूपमा मान्न थाले । अब ऊ सबैको राजा भएर ठाँटले दिन बिताउन थाल्यो । जङ्गलका सबै प्राणीको सेवा पाएर स्याल निकै मोटोघाटो भयो । उसले आहाराको खोजी गर्नैपर्दैनथ्यो, अरू प्राणीले नै जोहो गरिदिइहाल्थे । उसका लागि सधैं दसैं जस्तै थियो ।

रहँदै बस्दै जाँदा एक दिन त्यस नक्कली राजा बनेको छट्टु स्यालले अरू थुप्रै स्यालहरू कराएको सुन्यो । स्यालको जातीय बानी नै हुन्छ एउटाले “हाऊ..!” गरेपछि जङ्गलका सबैले सोरमा सोर मिलाएर “हाउ… ! हाउ…!” गर्न थालिहाल्छन् । त्यसैले त भनिन्छ नि “स्यालको हुइयाँ” भनेर ! त्यो हुइयाँ सुनेपछि त्यस नक्कली राजाले पनि आफ्नो जातीय बानी माया मार्नै सकेन । उसले आफू राजा भएको कुरै बिस्र्यो र अरू स्यालको हुइयाँसँगै आफूले पनि सोरमा सोर मिलायो “हाऊ…! हाऊ…! आहोइ..! आहोइ..! ए हो के …! हो के… !”

आफ्नो प्राकृतिक चरित्रलाई त कसले पो बदल्न सक्छ र ? स्यालले पनि आफ्नो वास्तविक चरित्र देखाइहाल्यो स्यालको हुइयाँमा आफ्नो हुइयाँ मिलाएर । त्यस छट्टु स्यालको आवाज बाघ र सिंहले पनि सुने । उनीहरूले पनि स्यालको अहिलेसम्मको छ्ट्याइँ बुझिहाले । उसको चलाकी थाहा पाएपछि सिंह र बाघले त्यस छट्टु स्याललाई एकैछाक पारिदिए ।

स्याल धेर बाठो भयो भने आफैं काल खोज्छ रे । त्यसैले आवश्यकताभन्दा बाठो हुन खोज्नु पनि बिपत्ति निम्त्याउनु जस्तै हो ।

‘रमाइला कथाहरू’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
तेइ तेइ

तेइ तेइ

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x