साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको गति 

Nepal Telecom ad

अब त देश बन्छ बन्छ  height=
बन्दैन कसले भन्छ ? 
छ महिनामा काठमाडौंमा जनकपुरे रेल गुड्छ {{read_more}}
एक बर्षमा केरुङबाट बुलेट ट्रेन छुट्छ 
दुई बर्षमा अन्तरिक्षलाई दैनीक रकेट उड्छ 
अब त देश एक बन्छ दुई बन्छ 
बन्दैन देश कसले भन्छ ? 

के त त्यसले बेदेशीको नुन खाको हुनु पर्छ 
के त छेमिकिले त्यसलाई गुन लाको हुनुपर्छ 
के त त्यसले तसकरबाट सुन पाको हुनु पर्छ 
अब तीन बर्षमा तराइ उधोगले भरिन्छ 
पहाडमा टन्न जडिबुटीको खेती गरिन्छ 
हिमाल बिदेशी टुरिस्टसित चढिन्छ 
नेपालमा अब जागिर नभाको घर पाउनेछैन 
कतार मलेसिया कोही धाउने छैन 
अब त देश बन्छ बन्छ 
बन्दैन देश कसले भन्छ ? 

के त त्यो प्रतीपक्ष पार्टीको मान्छे हुनु पर्छ 
के त्यो मेरै पार्टिको गुटउपगुटको भान्छे हुनुपर्छ 
के त सरुवा हुन नमान्ने कर्मचारी हुनुपर्छ 
के त त्यो बिहे गर्न नम्मने ब्रह्मचारी हुनु पर्छ 
पाँच बर्षमा कालो पत्रेले देशै ढाकिन्छ 
छेमिकिले तेल नपठाए 
बिजुलिबाट चल्ने गाडी हाँकिन्छ 
बर्षौदेखि थाला परेको देश अब जुरुक्क उठ्छ 
साउनको भेल जस्तो बिकासको मुल फुट्छ 
सरकरले अब मती लियो 
देशले पनि गती लियो 
दुई चार बर्षमै देश 
मलेसिया सिङ्गापुर बन्छ 
देश बन्दैन कसले भन्छ ? 

मलाई त हजुर 
पाँच बर्ष पछी के पो गर्ने भन्ने चिन्ता लाकोछ 
अजेन्डा नभए चुनाव हारीएला भन्ने पिर भाको छ 
देशको ढुकुटिमा सुकुटी नभए के भो र 
म बैशाकी लिएर जान्छु 
मन्त्री मुख्य मन्त्री कोदालो लिएर आउछन 
सभासद हसिया लिएर आउछन 
सके सुरुङ खन्छौ 
नसके भुरुङ बन्छौ 
तर देश एक बन्छ दुई बन्छ 
बन्दैन भनेर कसले भन्छ ?
दाङ, हाल काठमाडौँ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x