साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासको जतिसुकै…..

Nepal Telecom ad

विकासको जतिसुकै सभ्य सहरमा पुगे पनि height=
विज्ञानका नयाँनौला प्रविधिमा सधैँ भुले पनि
मनैभित्र कालो र मैलो जकटिएका धर्मात्माहरू {{read_more}}
घण्ट बजाएर मूर्ति र फोटा पूजा गर्नेहरू 
आफूले आफैँलाई पवित्र परमेश्वर ठानी
महिनाको चारदिन अछूत बनाउँछन् नारी
इतिहासको कुनै पनि पानामा नछापिएको 
संविधानका विगतदेखि वर्तमानसम्म कतै नलेखिएको
सभ्य र विकसित कुनै पनि मुलुकमा थाहै नभएको
जातभात भन्दा पनि अझै कडा
आफूखुसी बनाइएको नारीहरूकै स्वधर्ममा निहीत नियममा
हरेक महिना किन अछूत र अपवित्र बन्नुपर्छ नारीहरूले ?

आफैंले जन्माएका सन्तानलाई समेत छुन हुन्न रे
कोही टाढा जान लाग्दा झुक्किएर नि अगाडि नपर्नू रे 
घरमा आएका वृद्व अतिथिको वरिपरि नै देखानपर्नू रे
मानौँ ठूलै अपराध गरेको अपराधी जस्तै नारी
एउटै कोठाभित्र चुपचाप सीमित बनेर बस्नु रे
घरभित्रै हिँड्दा पनि लगाउँछन् जताततै सीमारेखाहरू
पटकपटक सुनाइरहन्छन् पुराना जमानाका कथाहरू
नेपालको गाउँ,सहर, सुदूरपश्चिम या पूर्व जताततै होस्
धेरै नीति र नियमहरू देखिन्छन् नारीहरूको लागि मात्रै
यति फरक छ कति कठोर र कति सहज छन् ती नियमहरू
कति मानवताहीन र कति पीडादायी भन्ने ती शासनहरू
तर घण्ट बजाएर धर्म गर्नेहरू 
घर बाहिर त निकै आधुनिकता पनि देखाउँछन्
कुनै नारीलाई प्रश्न गर्दैनन् कि तिमी नछुनी भएकी छौ भनेर ?
किन कि उनीहरूलाई आधुनिकताको खोल ओडेर
फेरि मूर्ति र पण्डितलाई मनग्यै दक्षिणा र खानेकुरा चढाएर
प्रशस्तै धर्म गर्नु छ अदृष्य स्वर्गको ढोका खोल्नुछ
पण्डितकै दन्त्य कथा सुन्नु छ अनि आफू जस्तै नारीलाई 
पण्डितको लहैलहैमा लागेर अछूत र अपवित्र बनाउनु छ

सुदूर पश्चिमको छौपडी प्रथामा कयौँ अकालमै मरिरहेछन्
शिक्षित हुन् या अशिक्षित गाउँमा हुन् या सहरभित्रै पनि
अफिस जाऊन् या घरमै बसून् धेरै नियम नारीलाई हुन्
घरभित्रै नारीहरू किचिएका, थिचिएका र दबिएका छन्
त्यसैले नारीको हक, हितको भाषण गर्ने सत्ताधारीहरू
सक्छौ भने हटाऊ यो अन्धविश्वास र कुरीतिलाई 
कानून बनाऊ ती पण्डित बाजेहरूलाई पहिले
जसले हाम्रा आमा र हजुरआमालाई 
बारम्बार उही पुरानै सती प्रथाको कथा सुनाइरहन्छ,
सुदूर पश्चिमको छौपडी प्रथालाई अझै उर्जाशील बनाउँछ
तिनकै कारण नारीलाई अछूत र अपवित्र बनाइन्छ 
हरेक महिना घरभित्रै नारीलाई सीमारेखा लगाइन्छ ।

गोंगबू, काठमाडौँ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x