साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराएको जमीन र आकाश !

Nepal Telecom ad

सपनाको खेतमा रोप्दै थिएँ  height=
आशाको संजीवनी विरुवा,
प्रारब्ध वा नियति ? {{read_more}}
आज त्यो हल्पाटे गह्रो र कान्लो पनि छैन, 
पानी बोक्ने बादल र आकाश पनि छैन !
काम्रो बाँधेको मन बोकेर
खोज्दैछु, अझैँ जीवनको बासना
तर्की हिँडेका छन् दिशा बदलेर, हिजो सँगैका बटुवाहरू, 
बदल्दैछ इमानले बाटो, खन्दैछ मान्यताले खाल्डो, 
हराएको छ मेरो जमीन र आकाश !

पखेटा काटिएर, उड्ने आकांक्षा थाती बसेको 
घर पालुवा परेवा पो भएँ कि ?
पहिले “म” को भ्रम पालेर 
संसार जित्न हिंडेको थिएँ, 
छामी हेर्छु आफूलाई, चिमोटी हेर्छु आफूलाई
आज “आफू” ले पनि मलाई सम्झेको छैन 
सँगै छु, आफैंबाट पनि व…र हुन सकेको छैन !
भौंतारिरहेको छु मान्छेभित्रको मान्छे भेट्न 
तर फेला पर्न सकेको छैन !
हराएको छ मेरो जमीन र आकाश !

धुलाम्मे भिरमा भिडेर, कट्कटी चिरिएको पैतालालाई 
पक्की ओत दिन के खोजेंथें
मैले हिड्ने त्यही कच्ची गोरेटो पनि,
अहिले बिरानो छ, आफ्नो छैन 
सम्हाल्छु आफूलाई, टकटकाउँछु आफूलाई 
अल्झिएँ यसरी, बल्झिएँ बेस्सरी, 
भिडबाट भाग्दैछु कि ? जीवनकर्मले धिक्कार्दै छ कि ?
कमान त छ हातमा, तर तीर छैन 
जीवनको धुवाँ त छ, नशा कहीं छैन !
हराएको छ मेरो जमीन र आकाश !

संगै हलो पर्म गरेकाहरू अचेल,
भुईंतिर आँखा लगाउन छाडेका छन्,
कोरा फूलमाला र अभिनन्दनमा आफ्नो लोकप्रियता नाप्नेहरू,
हिजो खुइलिएका ढाडका छाला बिर्सन थालेका छन्,
अलिकन डर बढेको छ ममा,
अराजक अखडाको निर्णयले, मेरो सपनाहरूको अपहरण हुने हो कि ?
बाँच्न त बाँचे धेरै, तर अझै जीवनको सम्मान छैन,
आफैंसँग कति कसम खानु ? भोकमरी र अभावको पहाड फेरिएको छैन, 
हराएको छ मेरो जमीन र आकाश !

रानीवन, काठमाडौं
२४ असार, २०७५

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x