सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पप्पुलाई पुल

Nepal Telecom ad

एउटा सर्वव्यापी भनाइ छ– ‘राइट म्यान इन राइट प्लेस’ । जानिराखौँ, यसलाई नेपालीमा अनुवाद गर्दा ‘पप्पुलाई पुल’ हुँदो रहेछ । {{read_more}} काममा सफलताका लागि उपयुक्त height= मान्छेको जिम्मा । नेपालमा विकासले तीव्र गति लिनुको प्रमुख कारण नै ‘पप्पुलाई पुल’ सिद्धान्तको उचित कार्यान्वयन गरिएकाले हो । विकास, निर्माण, समृद्धि, भ्रष्टाचारमा शून्य सहनशीलताका सिद्धान्तहरूको कट्टर हिमायती वर्तमान सरकारले गलत मान्छेलाई मौका दिने कुरै भएन । उसले भटाभट सही मान्छेलाई सही स्थानमा नियुक्त गर्दै छोटो समयमै समृद्धि हासिल गर्ने लक्षण देखाइरहेको छ ।

सरकारलाई विकास निर्माण सम्बन्धी कामको मूल्यांकन, अनुगमन गर्ने र आवश्यक रायसुझाव दिने संसद्को विकास समितिमा निर्माण क्षेत्रका तीन ठेकेदारहरू परेछन् । ‘राइट म्यान इन राइट प्लेस’ को एउटा सर्वोत्तम उदाहरण हो यो । पुल, सडक, भवनलगायतका विकासका पूर्वाधार निर्माणका सबै ठूला ठेक्का कसरी कब्जामा लिने, तिनीहरूलाई कसरी अलपत्र पार्ने, कसरी तिनीहरूलाई गुणस्तरहीन बनाउने, काममा जतिसुकै हेलचेक्र्याइँ वा ढिलासुस्ती गरे पनि कसरी कारबाहीमा नपर्ने बरु उल्टै पुरस्कृत हुने भन्नेजस्ता सबै अनुभव उनीहरूसँग छ । त्यस्ता परिपक्व व्यक्तित्वलाई उनीहरूकै क्षेत्रको मूल्यांकन अनुगमन गर्ने समितिको सदस्य बनाउनु ‘पप्पुलाई पुल’ सिद्धान्तको खरो प्रयोग हो । संसद्ले पनि यस कार्यमा सरकारलाई सघाएको छ ।  

विकास समितिबाहेकका समितिहरूको हाल के होला ! विकास समितिको जिम्मेवारी पप्पुहरूले पाएजस्तै शिक्षा समितिमा निजी विद्यालयका साहूहरू नै सदस्य हुनुपर्ने हो । डन र हत्याराहरूलाई शान्ति समितिमा, घुसखोरहरूलाई सुशासन तथा सदाचार समितिमा, अस्पतालका माफियाहरूलाई स्वास्थ्य समितिमा पदस्थापन गर्दै जाँदा यस सिद्धान्तको उपयुक्त अनुसरण हुने कुरामा संसद् पनि अवश्य जानकार होला ।  

पप्पु नामको साह्रै प्यारो एउटा कन्स्ट्रक्सन कम्पनी रहेछ नेपालमा । भगवानको लीला, समृद्ध नेपालको आधारका रुपमा रहेका अनेकौँ संरचना निर्माण कार्यका अधिकांश ठेक्काहरू उसैलाई पर्दो रहेछ । अगाडि उल्लिखित सबै प्रकारका विशेषताले सम्पन्न ठेक्काशिरोमणि भने पनि हुने त्यस कम्पनीलाई काममा निरन्तर ठगी गर्दा पनि पुनस् नयाँनयाँ ठेक्काहरू दिइरहनुमा सरकारको उदारता, प्रजातन्त्र र लोकतन्त्रप्रतिको निष्ठा छर्लंग हुन्छ । त्यस्तो महाशक्तिसम्पन्न संस्थाको नाम अमर राख्न पनि ‘पप्पुलाई पुल’ सिद्धान्तलाई नेपाल सरकारले मार्गदर्शक सिद्धान्तका रुपमा लिनु वान्छनीय हुनेछ ।  

केही महिनाअघि अयोग्य भनेर निष्कासन गरिएका दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई फेरि ससम्मान प्राधिकरण जिम्मा दिइनु पनि ‘पप्पुलाई पुल’ सिद्धान्तको जबरदस्त उदाहरण हो । यसै सिद्धान्त बमोजिम सुन तस्करी काण्डमा परेर रिहा भएका उच्च प्रहरी अधिकारीहरूलाई पुनस् एयरपोर्ट भन्सार जिम्मा दिनु आवश्यक छ । अख्तियारमा भ्रष्टाचारको कुनै उजुरबाजुर नपरेका अयोग्य नवीन घिमिरेलाई नियुक्त गरेर सरकारले गल्ती र्गयो । त्यहाँ लोकमानजीलाई नै जिम्मा लगाउँदा ‘राइट म्यान इन राइट प्लेस’ हुने थियो । राजस्व हिनामिना काण्डको मुद्दामा कुनै छिनोफानो गर्न नसकिएका चुडामणि सर, आयल निगमबाट बिदा भएका गोपाल सरहरूलाई पनि यथास्थानमा जिम्मेवारी दिनु उपयुक्त हुनेछ ।

अतः ‘पप्पुलाई पुल’ अर्थात्, ‘राइट म्यान इन राइट प्लेस’ को सिद्धान्तलाई अक्षरशस् पालना गर्न सरकारले यस्ता महफ्वपूर्ण पदमा पटकपटक विभिन्न कारबाहीमा परेका व्यक्तित्वहरूलाई मात्र नियुक्त गर्ने कानुन बनाउन पहल गरोस् । पुल र सडक बनाउने मात्र होइन, समृद्ध नेपाल बनाउने सम्पूर्ण ठेक्का सरकारले पप्पुहरूलाई नै देओस्, बिनाटेन्डर ।

‘नेपाल’ आश्विन १९, २०७५
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे