साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वासघाती कानुन

Nepal Telecom ad

सरी, सरी, सरी… मैले विश्वासघातविरोधी कानुन नै भन्ने खोजेको हुँ, तर विश्वासघातको ह्याङओभर भएकाले शीर्षकमा गोलमाल भएछ । {{read_more}} शीर्षकमा गोलमाल भए height= पनि विषयमा तालमेल रहनेछ ।

मुलुकी ऐनको नयाँ अपराध आचारसंहितले भनेको छ, अधिकारप्राप्त विश्वासघातीहरूलाई ५ वर्ष जेल वा ५० हजार जरिवाना हुनेछ । त्यसैगरी अनाधिकारप्राप्त विश्वासघातीलाई ३ वर्ष जेल वा ३० हजार जरिवाना हुनेछ ।

प्रश्न उठ्छ, अधिकारप्राप्त बिश्वासघाती को हुन् ? अर्काको काम, कारोबार जिम्मा लिएको व्यक्ति वा कानुनी दायित्व पूरा गर्नुपर्ने व्यक्ति भनिएको छ । यस अर्थमा, सरकारी, गैरसरकारी तथा संस्थागत विश्वासघातीहरू पर्छन् ।

त्यसैगरी ३ वर्ष वा ३० हजारवाला विश्वासघातीमा पारिवारिक, व्यक्तिगत तथा मनोगत मानिसहरू पर्छन् । विश्वास गरेर मनका कुरा साटेको साथीले ढाँटे, ढाड पछाडि कुरा काटे वा झुक्याउन आँटे पनि यो कानुन आकर्षित हुन सक्ने आशा छ ।

कानुनी विषय र्पयो । सामान्य लेखकले विश्लेषण गर्न मिल्दैन । यद्यपि जान्नेहरूको भनाइमा, कानुनको आश गर्नु, भरचाहिं नपर्नु रे । वकिलले अक्षर घुमायो भने अपराधी पनि पराअधी बनेर चोखिन सक्छ रे । न्यायमूर्तिले बोली घुमाए भने जेल जानुपर्ने मानिस टाउकोमा जेल लगाएर उम्किन सक्छ ।

यस आधारमा यो कानुनलाई लिएर दंग परिहाल्नुपर्ने वा उमंगित भैहाल्नुपर्ने देखिँदैन, तर पनि कदाचित विश्वासघाती कानुनले काम र्गयो भने धेरै माथि न्याय हुन सक्छ । आउनुहोस्, त्यसका बारेमा चर्चा गरौं ।

सबैभन्दा बढी राहत प्रेमी–प्रेमिकालाई हुन सक्छ । सँगै मर्ने, सँगै जिउने वाचा गरेर सँगै पिउन थालेका प्रेमी–प्रेमिका रक्सीले छोड्दा अर्कैसँग भेटिएका छन् । तिम्रो माया उनान्सय मेरो माया सय भन्दै छुटेका श्रीमान्–श्रीमती विदेशबाट फर्कंदा यसको ९८ उसको माया डेढ सय भन्दै अर्कै च्यापेर हिंडेका घटना घटेका छन् ।

जुनसुकै पक्षबाट भएका भए पनि यी दुवै विश्वासघाती काम हुन् । विगतमा भएका विश्वासघातलाई त यो कानुनले कारबाही नगर्ला तर भविष्यमा हुन सक्ने विश्वासघातमा भने पक्कै कमी आउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

बाबु भनेर विश्वास गरेको मानिसले कान्छी ल्याएर जेठीतिरका सन्तानका लागि यो कानुनले राहत दिन सक्छ । दाजु भनेर सम्मान गरेको मानिसले भाउजूको लहहलैमा लागेर भाइलाई घरबारविहीन हुनदिने गरी संरक्षण गर्न सक्छ । आफ्नै मामाको छोरा भनेर पैसा दिएको म्यान पावर मालिकलाई बाँध्न सक्छ, तर एउटै डर के हो भने कानुनको प्रयोग कसले, कसरी र कहाँ गर्छ ?

विश्वासघातको पीडाबाट कोही पनि अछुतो छैन । पतिबाट पत्नी, पत्नीबाट पति, दाजुबाट भाइ, भाईबाट भाउजू, सालीबाट भेना, सोल्टीबाट सोल्टिनी, समाजसेवीबाट दाताहरू, एनजीओबाट राष्ट्र, राष्ट्रबाट परराष्ट्र, परराष्ट्रबाट अन्तराष्ट्र, अन्तराष्ट्रबाट विश्व…सबै विश्वासघातबाट पीडित छन् ।

धर्तीमा शान्ति ल्याउँछु भनेर हिंसाको भुमरीमा पार्ने युद्ध सरदारहरू, समृद्धिको शिखर चढाउँछु भनेर अन्योलताको खाल्डोमा झार्ने सरकारहरू, समाजलाई समुन्नत बनाउँछु भन्दै भित्रभित्रै खोक्रो बनाउने समाजसेवीहरू, भगवानसँग भेट गराउँछु भन्दै अन्धविश्वासको भुमरीमा भुल्याउने धर्मका ठेकेदारहरूसमेतलाई यो कानुनले र्कयाप्प पार्न सक्छ । एउटै खतरा छ, कानुन कसले व्याख्या गर्छ र कसरी प्रयोग गरिन्छ ।

सबैभन्दा ठूलो विश्वासघात राजनीतिज्ञहरूले गरेका छन् । आउँछु भनेर आएका छैनन् । दिन्छु भनेको दिएका छैनन् । गर्छु भनेको गरेका छैनन् । हुन्छ भनेको काम भएको छैन । आउँछ भनेको विकास आएकै छ । पाउँछौं भनेको सुविधा पाएको छैन । यो सबैभन्दा ठूलो विश्वासघात हो । विश्वासघातविरोधी कानुनले यस्ता विषयलाई चाहिँ तान्छ कि तान्दैन, उक्त कानुन यतातिर आकर्षित हुन्छ कि हुँदैन त्यो प्रमुख कुरा हो ।

साप्ताहिक, आश्विन १८, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x