सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अधिकारी गान, भ्यालेन्टाइनको सान

Nepal Telecom ad

अलिकति प्रशासनिक खर्चबाट चोरें height=
फर्जी योजनाको किताब यताउति कोरें {{read_more}}
मैले पनि आफन्तलाई देखाईंदिएँ पाईन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

जनप्रतिनिधि पनि कस्तो पाक्या केरा
डिपिआर र खरिद बिक्री कमिसनको घेरा
मेयर सा’बलाई लगाकै छु खाली चेकमा साइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

सानतिना फाइल साइल डाँडा कटाइ दिन्छु
निउँ खोज्नेलाई सौरातिर लगि चटाइ दिन्छु
तीस हजारको जागिर मेरो लाखको खाइनपाइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन् ।

राजश्व र भन्सार राम्रो भन्थें पैले पैले
पालिकामै मस्ती भा’छ आफूलाई ऐले
नेतातिरै तेर्सीहाल्छ धारे हातको लाइन
सिङ्गापुर पो हिंडें हजुर ! मान्न भेलेन्टाइन ।

धेरै बजेट यताउता फाइल लुकाइ दिने
झन्झट दिग्दार जनतालाई सँधै झुकाइ दिने
पाइलै पिच्छे बिछ्याएर अविश्वासको माइन
सिङ्गापुर पो हिडें हजुर ! मान्न भेलेन्टाइन् ।
 

गाैरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल