प्रेम ओली ढकलपुरेओ मेरी प्रिय घुसिका

(सन्दर्भ प्रणय दिवस)
ओ मेरी प्रिय घुसिका 
ओ मेरी प्रिय भ्रष्टाचारिका {{read_more}}
तिमीलाई आज मात्र हैन
माया गरी रहन्छु बारम्बार
तिमी हरेक दिन मेरा खल्तीहरूमा आऊ
मेरो बैंक खाताहरूमा आऊ
म त तिम्रो लैला हुँ
मुनाको त्यो मदन हुँ
तिमीलाई नपाएको दिन
मलाई भोग पनि लाग्दैन तिर्खा पनि लाग्दैन
साँच्चै मेरी प्रियसी घुसिका
तिमी बिना त कुनै जागर नै जाग्दैन
म तिमीलाई मेरी गृहणीभन्दा नि माया गर्छु
किनभने जब यो लगेर उनीलाई दिन्छु
उनी खुशीले दङ्ग पर्छिन्
र मलाई झन माया गर्छिन्
मलाई बढुवा नभए पनि कुनै फिक्री छैन
मेरो जहाँ सरुवा भए नि कुनै चिन्ता छैन
मलाई तिमी भए मात्र पुग्छ
तिम्रो र मेरो प्रेम देखेर सिंहदरबार आँखा चिम्लिए पनि
त्यो अख्तियारले
अमरिश पुरीले झै इर्शा गर्छ, आँखा लाउँछ
हाम्रो दप्तर दप्तरसम्म सँुघ्दै धाउँछ
तर त्यसलाई कसले टेरपुच्छर लाउँछ
हामीसँग ठूलठूला नेता छन्
मन्त्री महामन्त्री छन्
त्यसले जति रिस गरे पनि
खाली भुराभारीलाई त समाउँछ
हामी जस्तोलाई के समाउँछ
हाम्रो छेउमा आउन उसले खुट्टा कमाउँछ
ओ मेरी प्रिय भ्रष्टाचारिका
ओ मेरी प्रिया घुसिका
तिमी अब
मेलम्ची भएर करोडौँमा आऊ
वाइड बडी बनेर अरबौँमा आऊ
अब तिमीसँग
टेबलमुनि लुकाएर होइन, हाकाहाकी प्रेम गरिन्छ
कोठामा होइन, सडक, पार्कमा प्रेम गरिन्छ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































