साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो बिराएको बाटो

Nepal Telecom ad

बाटोले नै आफ्नो बाटो बिराएर height=
अन्यत्रै गएछ शायद {{read_more}}
हिड्दै जाँदा
भन्ज्याङ भेटिएन
द्यौराली देखिएन
चौतारी पुगिएन । 

मेरा बा भन्नुहुन्थ्यो
छोरा !
आफ्नो गन्तव्यमा पुग्नु छ भने
मूलबाटो नछोडी हिंड्नू
कहिले उकालो त कहिले ओरालो
कहिले समथर त कहिले भिरालो
कतै घुम्ती हुँदै जाला 
कतै चोरबाटो भेटिएला
कहीं बाटो मिसिएला 
कहीं दोबाटो पनि आउला
अलमलमा नपरी लक्ष्यतिर लम्कनू
भन्ज्याङ, द्यौराली र चौतारीहरू हुँदै
मूलबाटै मूलबाटोबाट जानू । 

किन्तु,
मेरा सुसेलीहरूमा सुसेली मिसाउने
चौतारीका ती बरपिपलहरू
अपायक थुम्कीमा उभिएर अचेल
बाटो बिराएको बाटोको
निरिह दर्शक बनिरहेछन्
मैले सपनाहरूमा भिजाएर चढाएका ढुंगाका 
ती द्यौरालीहरू
काँडेझाडीभित्र फगत ढुंगाको थुप्रो भएर अचेल
तेही बाटो बिराएको बाटोको
परित्यक्त विगत बनिरहेछन्
हो,
ओझेलमा परेको छ मूलबाटो 
एता कतै देखिंदैन
चारैतिर चोरबाटोहरूको जालो फैलिएको छ
र, चोरबाटोहरूमा थरिथरिका यात्रीहरू
सलबलाइरहेछन् । 

मान्छेको चेत हराएको हो
वा, चेत भएको मान्छे हराएको हो
जताततै
चेत नै अचेत अचेत पल्टिएको देखिन्छ
र,
अचेत मान्छेहरू 
कठै ! ती दिग्भ्रमित यात्रीहरू
भौंतारिएका देखिन्छन्
भिडमा ठेलमठेल गर्दै
उता
पल्लो पाटोमा
पर 
अलग्गै
एक्लै
ठिंग उभिएको
खिन्न
दुखी
एउटा बुढो खरीको रुख भने
बाटो बिराएको बाटोका 
तिनै यात्रीहरूको दुर्नियतिलाई 
टुलुटुलु हेर्न विवश छ
आफ्नो जवानीका दिनहरू सम्झिंदै । 

सिर्जनाहरू फुलाउँदै मगमगाउने
जिन्दगीहरू मुस्कुराउँदा मुस्कुराउने
माटोसँग मितेरी लगाई
बाटोसँग जिस्किरहने
यात्रीहरूलाई जिस्क्याइरहने
समय स्तम्भ झैं
बाटोमाथि डिलमा उभिएको
ठूलो चुच्चे ढुंगो
झोक्राइरहेको छ अचेल
प्रिय माटोको
अस्मिता माथि खेलबाड गर्दै
षड्यन्त्रका दुर्गन्धहरूद्वारा
बलात्कार भइरहेको देख्दा
मनमा लागेको घाउको खाटो सुमसुम्याउँदै

पीडाको आँसुले
मूलबाटो भिजाइरहेछ
तेही मूलबाटो
जो
चिराचिरा भई फाटेर
परिश्रमी कमिलाका लस्करहरू
हरेक दिन
फाटेका धाँजाहरूमा
बिलाउने गर्दछन्
हो, त्यो चुच्चे ढुंगो 
फाटेका ती अलग अलग चोइटाहरूमा हिँड्ने
गन्तव्यहीन यात्रीहरूको अघिल्तिर देखिने
अँध्यारो सुरुङको
अमूक साक्षी बनिरहेको छ 
भिजेका आफ्ना आँखाहरू पुछ्दै ।

लण्डन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x