साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोपी, खुट्टा, आत्मसम्मान र मन 

Nepal Telecom ad

दश बर्ष या बीस बर्ष अघि लेखेको थिएँ  height=
“मान्छे, उसलाई लाग्छ–  {{read_more}}
ऊ खुट्टाले हिँड्छ, खुट्टामा उभिन्छ,
तर तीन ग्लास भरिको तानेपछि,
उसलाई हैन, सबैलाई, सबै देख्नेलाई थाहा हुन्ह्छ,
मान्छे न खुट्टामा उभिन्छ, या खुट्टामा टेक्छ !
मान्छे, आफैलाई थाहै नभई,
ऊ, वास्तवमा, शीरबाट टेक्छ, शीरबाट हिंड्छ 
खुट्टा, बस त्यहि अनुसार चलिरहन्छ !”
यस्तै, लेखेको थिएँ,
केहि एक दुई या तीन दशकौं अघि !

मान्छे, पक्कै मनले, या साधनाले, या के ले,
कहीं, आफ्नो खुट्टा कहाँ छुन्छ र, 
खुट्टा, बात मान्छे कहाँ हिंड्छ र, 

आज सम्म जति मान्छे तिमीले भेट्यौ,
मलाई भन्नु, 
त्यी मध्ये, कुनै एक मात्र
खुट्टाले सब दिग्दर्शन अनि कहाँ अनि किन जाने भनेर 
कहीं, अनि कहिले,  यसरी कहिले र किन 
कहाँ जाने भनेर बाटो देखायो ?

हामी खुट्टाले हिंड्दछौँ जस्तो सदै भान हुन्छ आफूलाई 
कहीं यो दिग्भ्रम पो हो कि ?
हामी, कहिले पनि खुट्टाले हिँडेका छैनौ आजसम्म, 
दिग्भ्रम, बश 
हामी, हिंड्दा खुट्टा चलेको मात्र देख्छौं ! 

हामी, टाउकोले हिंड्दछौँ,
खुट्टा बस देख्ने अनि अनिभूति गर्ने कुरा न भो ।

वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x