साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुट्न सके लुट

Nepal Telecom ad

देशमा प्रजातन्त्रको बहालीपछि कहाली लाग्ने अवस्था हुँदैन भन्नेमा जनता ढुक्क थिए । प्रत्येक प्रदेशका स्थानीय सरकारले आआफ्नो कला प्रस्तुत गरेर जनतामा अमन चयनको सूत्रपात हुनेछ भन्ने ठानेका थिए । {{read_more}} height= तर के गर्नु आसेराडी बनेरै जुग जाने भयो । तै पनि जनता जनार्दन कान ठाडो ठाडो पारेर सचेत र जागरुक बन्न लागे । सोझा सिदाले अनुमान र आँकलन गरे अब देशले काँचुली फेर्छ तर दाँतमा ढुङ्गा लाग्यो । चोरमाथि चण्डाल चण्डालले सत्ता हातमा लिएर पाखुरा सुर्किन र फुर्किन थाले र भने “अब नयाँ नेपालको निर्माण हुन्छ” ।

जनताले विश्वास गरे । अभिभावक जस्ता जल्दा बल्दा नेताले बोलेको पुग्ला ता नि भन्दै जनता काकाकुलले पानी खाएझैँ आकाशतिर फर्किएर एकतमासले आँऽऽ गर्न थाले । वर्षाै आँऽऽ गर्दा गर्दा मुखै बाउँडियो तर मुखमा थोपो केही परेन । जनता झसङ्ग भएर तर्सिए । नेताले ठाडै ढाँटेको महसुस भयो । नभन्दै नेता गण ढाँट्न, ठग्न खप्पिस भइसकेछन् । नयाँ नेपाल कतैबाट हेर्दा पनि देखिएन । बरु विकृत र विरूप आँखै अगाडि आइलाग्यो । जनता नराम्रोसँग निरास भए । आजित मात्र होइन नेतासँग पराजित र भयभित भए । 

भ्रष्टाचार, व्यभिचार, दुरचार, बलात्कार, अन्याय, अत्याचार, आँगन र ओछ्यानमै आइलाग्न थाल्यो । पुरानो नेपालमा मानवता थियो बुहार्तन थिएन । सुख थियो सुविधा थिएन । अहिले जनताले नेताको इमान, जमान र मानवीयपन, मानवाधिकारमा शंका गर्न थाले । सानालाई ऐन ठूलालाई चयनको वातावरण झाँगिएर गयो । नेताले धर्म छोडेर नै निकृष्ट क्रियाकलापको लहर चल्न थाल्यो । सामान्य पार्टीका पहरेदार, सिपाहीले पनि सत्कर्म अँगाल्न छाडे । सारा जनतामा जे गरे पनि हुन्छ भन्ने भयो अनि वाक्क दिक्कको शृङ्खला र सुस्केरा जतासुकै देखेर एक जना गायकले गीतै गाए
लुट्न सके लुट कान्छा लुट्न सके लुट ।
अरू देशमा पाइँदैन नेपालमै छ छुट ।

विचरा निर्दाेष, निष्कलङ्कित नेता प्रधानमन्त्री भएकै बेलामा गम्भीर आरोप लाग्ने गीत रच्ने, गाउने देखेर सुनेर ब्रह्माण्ड तात्ने र भाउन्न नहुने कुरै भएन । गीतको राग र रन्कोले बेहोसै बनाउँला झैँ गरेर जताततै घन्किन थालेपछि प्रतिबन्ध लगाउन ताउरमाउर गरे तर बगेको खोला कहिले फर्किएको थियो र ? ओराली लागेको हरिणको चाल भयो । बगेको खोला थुनेर छेकेर फर्काउन उद्यत भएको देखेर विचरा प्रतिपक्ष पानीको पाहा उफ्रिएझै उफ्रिदै माइतीघर मण्डलामा मण्डल मार्दै आगो लागेझै उफ्रिन थाले । काम पाइनस बुहारी पाडोको कन्डो कना भनेझैँ जतासुकै गीतको समर्थन र विरोधमा पाखुरा सुर्कासुर्की हुन थाल्यो । मारझुङ्ग्रीका साथमा प्रहरीले हरि नै बिर्सिएर केहीको ढाड र खप्पर पनि मर्मत ग¥यो । जे गरे पनि देशै भरि लुट्नसके लुट्…. भन्ने गीत घुस्नुमा आगोझैँ फैलियो । सुत्केरी, बाल, वृद्ध, तरुनी तन्नेरी, भान्सा, पँधेरा, सबैले यही गीत भुनभुनाउन, गुनगुनाउन थाले । प्रतिपक्षलाई मसला मिल्यो । कर्मचारीवर्गलाई हुटुहुटी मिलेछ कि क्या हो भ्रष्टाचार त नौ महिनेले छोएको महिलाको पेटझै ह्वात्ह्वाती बढ्न थाल्यो । भन्नेले भ्रष्टाचार संस्थागतै भयो पनि भनेका छन् । खै आफू त पानी माथिको ओभानु भ्रष्टाचार के हो के जान्नु ?

देशभक्त नागरिकहरूले जतासुकै÷सर्वत्र भ्रष्टाचारी र लुटेरा देख्न थाले । लुट्नेको जमात र ताँती बाटोघाटो, दोबाटो, चौबाटो, कार्यालय, खेलमैदान, होटल, लज, एनजियो, आइएनजियो, मठमन्दिर, बालमन्दिर, चर्च, मस्जिद, धर्मशाला, रङ्गशाला, बधशाला, वृद्धाश्रम, स्कुल, कलेज, कन्सल्टेन्सी, जनस्वस्थ्य, प्रसुती वार्ड, अस्पताल, आश्रम, बिमा, बैंक, सहकारी, कवि, डाक्टर, वकिल, कलाकार, शिक्षक, गुरु, शिष्य, गायक, पुजारी, पण्डित, बसपार्क, व्यापारी, हावाजाहज गिरान, लगायत विभिन्न समूह र समितिहरू जतासुकै आआफ्नो तह र तप्काबाट लुट्न लाइन लागेर बसेका नाङ्गै आँखाले देख्न भोग्न थालेपछि सोझासिदा जनतामा नराम्रोसँग निराशा छायो । बेइमानीको अन्तिम टुङ्गोमा पुगेका तथाकथित देशभक्तहरूप्रति नफ्रत उर्लिएर आएपछि छिः छिः दुर दुर गर्दै अहिले वर्तमान अवस्थामा जनता निन्द्राबाट बिउँझिएका छन् । अब चङ्गा तनमनले लुटेरागणको निगरानीमा केही समय समर्पण गर्ने र गराउने समयको माग छ । यसतर्फ जागरुक जनताको ध्यानाकर्षण हुने छ ।

प्रजातन्त्रको प्राप्ति र गणतन्त्रको प्रादुर्भवपछि भुडी फुलाएर बसेका बेकामे कामचोर नेता, तिनका धुपौरे, सुसारे, झोले, दास, हुलियाँ, कमारा कमारी, पुजारीहरूका पेट अचाक्ली उक्सिएका छन् । खानेका पेटमा ऐंजेरु पलाइसक्यो । जडिबुटी, दबाइमुलोले छुँदैन । अख्तियारका केही नाइकेहरू अठहत्तर लाख काण्डमा बिटुलो भइसकेका छन् । त्यसैले निस्कलङ्कित राम्रै सम्पन्न सर्जनले मन दिएर क्युरोड गरेछ भने पेट सफा हुन्छ । देशलाई आराम मिल्छ । नत्र गुहुमा हात हालेर नाकमा छिटो पर्न सक्छ । अलग्गै बस्दा कल्याण र भलो त हुन्छ तर भावी सन्ततिले पुरानो लुटेरा परिपाटीमा प्रवेश गर्नु हितकर हुँदैन । जनता जनार्दनले वारीपारी, मुसार्दै दारी, खबरदारी गर्नैपर्छ । अन्यथा बुढी मरी भन्ने चिन्ता भन्दा पनि काल पल्किन सक्छ र दुनियाँले फेरि गाउँने छन्
लुट्न सके लुट कान्छा लुट्न सके लुट ।
अरू देशमा पाइँदैन नेपालमै छ छुट ।

अन्यथा यसरी नै लुट्ने लत पुस्तान्तरण भएर मौलाइ रहने छ । त्यसैले लुटतन्त्र पुस्तान्तरण हुनबाट रोकौँ । लुटतन्त्रको नियोजन बेलैमा भएन भने नराम्रोसँग पछुताउनुपर्ला है ।  
 

शिवशक्ति मार्ग, फूलबारी–११
पोखरा, कास्की
फोन : ९८०६६७७५९४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x