साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार

Nepal Telecom ad

कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने
मनमतिको सरकार
कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने
धनमतिको सरकार
कहिले श्रीमतीको भएभरको मनोकाङ्क्षा पूरा गरिदिने
श्रीमतीको पतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

कहिले देशलाई खण्ड खण्ड पारेर टुक्य्राउन खोज्ने
कुनै जातीको सरकार
कहिले पसिना रगत बगाउनेलाई दबाउने लत्याउने
विकास निर्माण क्षतिको सरकार
कहिले जनताको गरिबी, भोक, अभाव, अशिक्षा भरिएको
जन खतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

कहिले मारकाट हत्या हिंसा गर्ने
भगवतीको सरकार
कहिले देशविदेश रेस्टुरेन्टबार डान्समा रमाउने
छनमतिको सरकार
कहिले रेड लेबल र ब्लाक लेबलको दहमा डुबेको
मन्दगतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार ।

लसएन्जेल्स

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x