दुर्गाप्रसाद ग्वालटारेम के हेर्दै छु ?
हेलो !
साथी म भ्याली बाहिर छु ।
देशको चिन्ताले ग्रसित छु ।
टिभी हेर्दै छु ।
मन्दिर देख्दै छु परेवाले बोकेका,
शब्द बुझे जस्ता छन भाषा बुझ्दिन
अनुहार देखेकै हुन् तर चिन्दिन
खुट्टा दोदोटै देख्दै छु,
तर खै टाउकोले ठ्याक्कै ब्वाँसो हो भन्छ ।
ठूलो छ हुल– लुछालुछ चुँडाचुँड
सिनो देख्दै छु बीचमा,
बलिया पाँसुला गरेका काका ब्वासाहरू,
दल्दै छन् आ–आफ्ना दारा !
घुम्दैछन् वरिपरि भतिजा भतिजीहरू,
रयाल चुहाउँदै, दारा बजाउँदै ।
‘मेरै काका जिन्दाबाद’ नारा घन्काउँदै ।
सुँघ्दा मात्र गन्ध आउनु पर्ने हो,
हेर्दा पो गनाउँछ हो मलाई त !
दल्दा मात्र चिलाउनु पर्ने हो काउसो,
देख्दै पो चिलाउँछ हो मलाई त !
के भो साथी खै यो परदेशमा
नेपाली हो वा यो च्यानल न्यासनल जु !
खै साथी म त चकित छु ।
ग्वालटार, सिन्धुली
Subscribe
Login
0 Comments
Oldest







































