साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पटुका कैले टाई हुँदैन

Nepal Telecom ad

ऊ,
मैले भनेको मान्दै मान्दैन
मेरो सुनको कुरा
उसको चुम्बकीय कानले तान्दै तानेन,

आगोसँग पिरती गाँस्छु भन्छ
ढुङ्गामा चुप्पी भास्छु भन्छ,

डोकोमा भर्न दूध दुहुन्छु भन्छ
आकाश आंैलाले छुन्छु भन्छ,

संस्कृति भ्वाङ बनाउँछु भन्छ
डरलाग्दो ग्याङ बनाउँछु भन्छ,

रक्सीलाई माजा बनाउँछु भन्छ
गाँजालाई खाजा बनाउँछु भन्छ,
केटी पनि यस्तै छे
केटासँग दाँजो गर्छे
छोटा लुगा लाउँछु भन्छे
नाङ्गो तिघ्रा देखाउँछु भन्छे
ताल र काल दुवै मिले
केटालाई नै भगाउँछु भन्छे

बिना पानीमा पौडिन्छु भन्छे
यदि गधासँग पैसा भए
उसकै पछि दौडिन्छु भन्छे

हो यिनीहरू यस्तै हुन्
अरु चडेर पुगे
उनीहरू उडेर हिमचुचुरो झर्छु भन्छन्,
तर म भन्छु
गधा मलेर गाई हुँदैन
पटुका कैले टाई हुँदैन ।
दार्जिलिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x