साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैन बा !

Nepal Telecom ad

एउटाको कुरै कस्तो
अर्काको स्वरै कस्तो
एउटा भटभटे भट्के जस्तो
अर्काे पम्पसेट पट्के जस्तो
कुन उमेरमा जोडी अन्माएछौ
हैन बा !
कस्ता छोरा जन्माएछौ ?
एउटाको बोलीको ठेगान छैन
अर्काको बचनमा लगाम छैन
एउटा सधैं कुर्सी ताक्छ
अर्को सधैं सधै पद ढाक्छ
हैन बा !
कुन देशकी श्रीमती अन्माएछौ
यस्ता छोरा जन्माएछौ ?

एउटा चट्टान जस्तो अरे
अर्को चण्डान जस्तो अरे
एउटा गाली दिएर नथाक्ने
अर्को ताली लिएर नथाक्ने
सात करोडको राँगोको कुरा सुन्दा
कस्तो कमालको बाउ भएछ
त्यसैले धमालको भाउ रहेछ
उसका सन्तानहरू
पक्कै देशको विकासमा लागेका होलान्
नभए
शान्तिको निकासमा लागेको होलान्
नयाँ आविस्कारमा उठेका होलान्
नयाँ खोजमा जुटेका होलान्
त्यसैले त
उसको नस्लको मारामार छ
तर तिम्रा छोराहरूमा
अझै पानी बाराबार छ
हैन बा !
कुन साइतमा
बिहेको लगन अन्माएछौ
आज यस्ता छोरा जन्माएछौ ?

त्यो राँगोलाई त
कतिले भगवान झैं पुज्लान्
कतिले त
त्यही राँगो हुन खोज्लान्
तर तिम्रा छोराहरूको
बानेश्वरमा कुर्सी तानातान छ
कुर्सीकै लागि कुर्सीले हानाहान छ
हैन बा !
तिमीले बिहे गर्दा
पहिरो झर्याथ्यो कि रुख ढल्याथ्यो
चट्याङ पर्याथ्यो कि हुरी चल्याथ्यो
कुन समय दुलही अन्माएछौ
आज यस्ता छोरा जन्माएछौ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x