साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे लिलिपुट !

Nepal Telecom ad

ती स्वनाम वीरहरू त लिलिपुट भएछन्
आफैं हराएर हुल भित्र एक्लै भएछन्
हो तिनीहरू आफन्तको बस्तीमा
एकलै भई हराएछन्
ठूलो जुलुसहरूमा नाक नाप्न आउँथे
खैलाबैलाहरूमा छालाको रंग खोज्दथे
अजंगको शिरको त्यो टोपी भुइँमा झारेर
सीमानाहरू कोर्दथे
आज त्यो आफन्तको बस्तीमा हराएछन्
भिन्नताको राग अलापेर
तिम्रो मेरो मायाको सङ्गम तोड्छु भन्थे
उनी आज आफैं तोडिएछन्
हिजो तालमा ताल मिलाएर
गीत बेग्लै गाउँ भन्थे
आज तिनको गलामा सुर नै अवरुद्ध भएछ
अझै पनि कहीं कतै तिम्लाई थाँती राखेर
उनी पाखा लाग्दै पाखा लाग्दै आगो बालिरहेछन्
हिलाम्मे पार्न तल्लिन छन्
पानी धमिलो पार्दै छन्
हे लिलिपुट तिमी उफ्रियौ म हेर्दै थिएँ
उदण्डताको त्यो उफ्राइमा झेला पनि गर्यो तिम्ले
बेसार नूनको ऐन्चो पैंचो भित्ताबार लायौ तिम्ले
हे लिलिपुट !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x