डा. बमबहादुर जितालीहे लिलिपुट !
ती स्वनाम वीरहरू त लिलिपुट भएछन्
आफैं हराएर हुल भित्र एक्लै भएछन्
हो तिनीहरू आफन्तको बस्तीमा
एकलै भई हराएछन्
ठूलो जुलुसहरूमा नाक नाप्न आउँथे
खैलाबैलाहरूमा छालाको रंग खोज्दथे
अजंगको शिरको त्यो टोपी भुइँमा झारेर
सीमानाहरू कोर्दथे
आज त्यो आफन्तको बस्तीमा हराएछन्
भिन्नताको राग अलापेर
तिम्रो मेरो मायाको सङ्गम तोड्छु भन्थे
उनी आज आफैं तोडिएछन्
हिजो तालमा ताल मिलाएर
गीत बेग्लै गाउँ भन्थे
आज तिनको गलामा सुर नै अवरुद्ध भएछ
अझै पनि कहीं कतै तिम्लाई थाँती राखेर
उनी पाखा लाग्दै पाखा लाग्दै आगो बालिरहेछन्
हिलाम्मे पार्न तल्लिन छन्
पानी धमिलो पार्दै छन्
हे लिलिपुट तिमी उफ्रियौ म हेर्दै थिएँ
उदण्डताको त्यो उफ्राइमा झेला पनि गर्यो तिम्ले
बेसार नूनको ऐन्चो पैंचो भित्ताबार लायौ तिम्ले
हे लिलिपुट !
Subscribe
Login
0 Comments
Oldest






































