साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको खोजी

Nepal Telecom ad

घरबार पसे पनि दरबार पसे पनि मान्छेको जीवन रथ चल्न दुई पाङ्ग्रा चाहिँदो रहेछ नै । मलाई पनि जवानीमा श्रीमती खोजेर दाम्पत्य जीवन बिताउने रहरले नगाँजेको होइन । चारैतिर चिनेजानेकाहरूलाई भनेर जोडी बाँध्न भनेजति दौडधुप गरियो । कतै नभेटेपछि पिताजीको भक्ति गरेर भए पनि सीताजीको खोजी नगरी भएन भन्ने ब्रह्मज्ञान मलाई भयो । त्यसपछि त सकेसम्म पिताजीको भक्ति गर्न भ्याइयो । सकेजति दौडधुप गरेपछि बल्लतल्ल एउटी कन्याको घरसम्म पुगियो । पहिला त तिनपुस्ताले पुग्थ्यो रे अब त पुरापुर पाँच पुस्ताकै बायोडाटा सोधेर हैरान पार्ने रहेछन् । बताउँदा बताउँदा पसिना पसिना पारेपछि बल्लबल्ल सुरु भयो बिहेबारीको कुरो । जागिरदेखि परिवारसम्म, घरदेखि खेतसम्म जाने बुझेका सबै कुरा सोधियो । मानौं म जागिर खान गइरहेछु । यतिका अन्तर्वार्ता छिचोलेर बल्लबल्ल फाइनल चरणमा पुगियो । सबै चरण पार गरेर दुई महिनापछि बिहेको साइत निस्कियो । एक चोटी कन्या त हेरौं भनेको म त झन्डै नभागेको ! जस्तै भएपनि बल्ल भेटेको बिहे त गर्नै प¥यो भन्ने लाग्यो बिहे गरियो पनि ।
बिहे त जसोतसो गरियो, तेस्रो दिनबाट डिमाण्डको वर्षा शुरु भइहाल्यो । पाउडरदेखि कपडासम्म, चप्पलदेखि के के हो के के, म त सुनेरै र्तिर्सएको । पैसाका नाममा २÷४ हजारको जागिर खाने म जस्ता निम्न स्तरका कर्मचारीलाई त्यतिका मागको बाढी कमिलालाई कुन्नी के को पहिरो भने जस्तो भयो । बिहेको दुई महिना त घरबार चलाइयो जसोतसो गरेर । त्यसपछि त घरमा सासूबुहारीको महाभारत नै मच्चिन थालिहाल्यो । मलाई मध्यस्थता गर्न निकै गाह्रो पर्यो । दुईचार महिनासम्म यसो मिलाई हेरेँ । त्यसपछि श्रीमतीजीका तालमा लागेर परिवारसङ्ग छुटृभिन्न बसियो ।
घरपरिवार छोडी जोइटिङ्ग्रे भएर एक महिना बिताउन कम्ती हम्मे परेन मलाई । रुपले घमण्ड भनौं भने त्यस्ती राम्री होइन, उचाई उस्तै खै के को घमण्ड थियो उनलाई । भनेका मागै पूरा नगर्नेले के बिहे गर्नु भन्दै छुट्टिएको एक महिनामा उनी लागिन् माइतीघरतिर । पछि थाहा भो अर्कै एक डुकुलण्ठकसँग सुइँकुच्चा ठोकिन् रे ! मलाई भयो हरिविजोग, फेरि छुटिृएर निस्किएको घरमा पस्न पनि गाह्रो । एक्लै बस्न झन गा¥हो । अब फेरि अर्की सीताजीका लागि पिताजीको चाकरी गर्नु मलाई मर्नु न बाँच्नु भाको छ । छ कि तपाईहरूसङ्ग केही उपाय ??

सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x