साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबूक- जिन्दावाद

Nepal Telecom ad

चौबाटो विश्वको ठूलो, फेसबूक सलाम छ ।
शिव—लिङ्कन—गान्धी वा बर्तमान कलाम छ ।।
चेलाचेली सबै साथी, गुरु मान्य सहोदर ।
कत्रो समानता यस्को, मान्दैछु प्रितीको घर ।। १।।

नचिप्लून् वाणी उल्केर, सभ्यता—ममतासित ।
नचिप्लून् पाणि (हात) भुल्केर, भव्यता—नव्यतासित ।।
पर्दा हालौ कला पोखी, बोधगम्य— सुसिर्जना ।
फेसबूक नहोस् थूक— खकार नीच—तिर्सना ।। २।।

आघात छन् सबै वाद, जिन्दावाद छ फेस्बूक ।
चौबाटोमा बसी आफ्ना, सिर्जना रचू सुन्दर ।।
पुराना छात्रछात्राका, श्रध्दा—आदर फुल्दछन् ।
आफ्ना अग्रज पुस्ताका, प्रेरणा—स्नेह झुल्दछन् ।। ३।।

निर्वासित कयौ खुल्छन्, जनता—देशप्रेममा ।
निर्वाचित कयौ फुल्छन्, सत्ताका धाक—धम्कीमा ।।
गुम्सेका भावना पोखौ, कला—शैली—सुशिल्पमा ।
जिन्दावाद हुने पोखौ, सिर्जना \’फेसबूक\’—मा ।। ४।।

धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x