साइबर अपराध सम्बन्धी सचेतना सामग्री

\’उहाँ हजुर\’

Nepal Telecom ad

उहाँ हजुर मलाई सम्झिरहनु हुन्छ अरे
भेट हुँदा मलाई भन्नु हुन्छ  
उहाँ हजुर पहिला त मेरो मित्र हुनुहुन्थ्यो
मेरो साथी हुनुहुन्थ्यो
मेरो कमरेड हुनुहुन्थ्यो
मेरो घर आउनुहुन्थ्यो
मेरा घरमा पाकेको सितोपिठो खानुहुन्थ्यो
मसँगै गुन्द्री पिरामा गजेरामा बस्नुहुन्थ्यो
अचेल त उहाँ हजुर हिड्नओर्न छोड्नुभो
खान छोड्नुभो
बस्न छोड्नुभो
उहाँ हजुरको अचेल सवारी हुन्छ
\’ज्यूनार\’ हुन्छ
\’राज\’ हुन्छ
\’सवारी\’ \’ज्यूनार\’ \’राज\’ मेरामा कहाँ नसिव हुनु ?
उहाँहजुर मलाई सम्झिरहनु हुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।

उहाँ हजुर व्यस्त हुनुहुन्छ
कहिले हेलिकप्टरमा पश्चिम
कहिले हावाजाजमा पूर्व
वातानूकुलित पजेरोमा यताउता दौडादौडी
हामीजस्ताका मुद्दा मामिला सुन्न
अँ अँ हो हो भन्न व्यस्त हुनुहुन्छ
प्रधानमन्त्री हुन
आफ्नाहरुलाई मन्त्रीसन्त्री बनाउन
कस्तो भ्याइनभ्याई छ उहाँ हजुरलाई
कस्तो धपेडी छ ।

हिजो अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो
उहाँ हजुर सुखचैन मन पराउनु हुन्न
उहाँ हजुर मिठोमसिनो रुचाउनु हुन्न
दौडधुपमै छ उहाँ हजुरको जीवन
हेलिकप्टरमा, हावाजाजमा
जल्लोखल्लो नै छ उहाँ हजुरको खान्की
रिसोर्ट सिसोर्टमा तारेहोटलहरुमा
रुखोसुखोमै छ बसाइ
वातानूकुलित पाँच सात तले महलमा ।
उहाँ हजुर कम्नीष्ट हो
कम्नीष्टहरुकै नेता हो
संसार बदल्न चाहनेहरुकै नेता हो
संसार बदल्न चाहनेले पहिला आफूलाई बदल्नुपर्छ भन्छन् नि
हो, उहाँ हजुर आफूलाई पूर्णरुपमा बदलेकै नेता हो ।

कता हो जिल्लामै कार्यक्रम राखेको छ अरे
उहाँ हजुरको सवारी हुँदै छ अरे
उहाँ हजुर नै प्रमुख अतिथि अरे
मलाई त्यहाँ उपस्थित हुन उर्दी अाएको छ
आफूलाई बदल्न नसकेको मलाई
त्यहाँ उपस्थित हुन पटक्कै मन छैन
केही भलाकुसारी गर्न पटक्कै जाँगर छैन ।

ए मेरा साथीहरु
सुनाइ दिनू उहाँ हजुरलाई
संसार बदल्न अब यही पाराबाट सम्भव छैन
प्रधानमन्त्री धेरै बदलिए
मन्त्रीहरु धेरै बद्लिए
तर संसार उस्ताको उस्तै रह्यो
प्रधानमन्त्री र मन्त्रीहरु बाहेकको संसार उस्तै रह्यो
घुम्ने कुर्सीमा नबस्नेहरुको संसार उस्ताको उस्तै रह्यो
भनिदिनू उहाँ हजुरलाई
अब कमसेकम म भेडो भएर उहाँ हजुरको
दर्शनमा उपस्थित हुन्न
उहाँ हजुरका मतियारलाई जिताउनुको कुनै सार्थकता छैन ।

भनिदिनू ए मेरा मित्रहरु उहाँ हजुरलाई
अब मेरा आँखा नयाँ पालुवातिर लागे
अब मेरा आँखा नयाँ पिंडीतिर लागे ।

मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x