साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फागुन

Nepal Telecom ad

देखें जीवनमा गरी चुरिफुरी आए निकै फागुन
आए फागुन ता परन्तु कहिल्यै आएन यौटै गुन
काटी बाघ समान माघ अब ता होला कि केही भनी
आशै आश गरेर मात्र यतिमै जाने भयो जीवनी ।।

लाग्यो फागुन किन्तु यो शिशिरको वेला अझै व्याप्त छ
चीसो साँझ बिहान थर्थर गरी सर्वाङ्गमा ढाक्तछ
लाग्यो घाम भने चरक्क गरमी पोल्ला कि जस्तो दिन
मानौं अस्थिरचित्त मूर्ख लठुवा जस्तो छ यो फागुन ।।

केही सापट चैत्रको पनि लिई आँधी सँगै ल्याउँछ
ढाकी डम्म गरी बबण्डर धुलो बेकार फैलाउँछ
पानी पार्दछ झर्झरी त कहिले जिस्क्याउँदै फागुन
होलीका दिन हुन् भनेर यसरी खेल्दैछ वा फागुन ।।

खोलामा जल छैन खेत सब छन् बाली बिनाका गरा
फल्दैनन् फल रूखमा हिउँ भरी छन् शैलका टाकुरा
चाला फागुनको यसो बुझिलिंदा लाग्दैछ यो चित्तमा
मानौं नैतिकता बिना जखमले नेता छ कोही यहाँ ।।

फुल्छन् फूल गुराँस लेक बनमा रातो छ आभा अति
सन्नाटा छ अनन्त शैल चुचुरा देखिन्न केही गति
मानौं जङ्गलमा लगेर खुकुरी हानी कुनै मारियो
देख्नेको मुख बन्द भो रगतको रातो भने ढाकियो ।।

टुप्पामा हिउँ पग्लिंदा अलिकता खाटा बनेको उता
डाँडामा पहिरो गई अलिकता धस्को बसेको यता
बेसीमा पनि पत्रहीन छिचिरा झाडी हुँदा फागुन
टोपी जीर्ण कछाड जर्जर धुजा भोटो भएको जन ।।

आयो सन्त वसन्त अन्त हिउँको होला भनी आशमा
हुन्छन् मानिस किन्तु बस्नु छ उही जाडो हुने त्रासमा
मानौं पञ्च गए मजा अब भने होला प्रजातन्त्रमा
भन्दैछौं तर चाल चाहिं छ उही दुर्भाग्य नै अन्तमा ।।

आँधी चल्दछ जोडले अनि धुलो छोपेर मौका यही
आँधीमाथि चढेर गर्दछ मजा आकाशमा पौडिई
मानौं क्रान्ति गरे असङ्ख्य जनले आएर नेता कुनै
मौका लाभ गरेर साजिस बुनी उफ्रेर सत्ता लिने ।।

डाँडामाथि चढेर कान्तिपुरमा हेर्दा बिहानीपख
ढाकेको कुहिरो छ डम्म यसमा छोपी बसेको मुख
मानौं मानिसले प्रदूषण गरे खाल्टै बिरामी भयो
ओढी टन्न गुटूमुटू सिरकमा निश्चेष्ट बन्दै सुत्यो ।।

आएथ्यो अघि सात साल जसमा यस्तै थियो फागुन
काँडायुक्त विषालु दुच्छर निकै हाँगा पुगे काटिन
यौटा काटिन गो परन्तु यसमा झन् धेर हाँगा भए
हाँगामा पनि झन् तिखा अति छुचा काँडा अनेकौं भए ।।

यस्तै हुन्छ युगैपिछे र यसरी आए गए फागुन
यौटा क्रान्ति गरिन्छ किन्तु कहिल्यै फर्कन्न राम्रो दिन
जे होस् भूत जसो हओस् तर कुनै ता आउला फागुन
जो हाम्रा मनका मुताबिक बनोस् भन्दैछ हाम्रो मन ।।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x