साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कवि हुन सकिनँ

Nepal Telecom ad

मैले काँधमा भाटा बोकेर
सकी नसकी हिँड्दै गरेको र
मुस्किलले अडिएर मलाई
नमस्ते गर्दै गरेको चेलालाई भेटेँ
मेरो गुरुत्वले उसलाई
एक हातले अभिवादन फर्कायो
मैले उसको श्रमले पछ्याएको
गुरुभक्तिको आदर्शलाई बेवास्ता गरेँ
मलाई लाग्यो–
गुरुभक्तिको कष्टकर सम्मान बुझ्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

मैले भिरको धरापमा अडिएर
एक हातले हाँगो समात्दै र
अर्को हातले स्याउला काट्दै गरेको
किसानलाई भेटेँ
ऊ मुसुक्क हाँस्यो
उसको हाँसोमा मिसिएको आत्मीयतालाई मैले
खिल्ली सम्झिएर उपहास गरेँ
मलाई लाग्यो–
परिश्रमको मूल्य चिन्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

मैले मृत्युशैयामा परेर
निख्लो हाँसोसँगै छट्पटाइरहेको
बिरामी भेटेँ
मैले नबोलाए पनि उसले मलाई
चिरञ्जीवी भएस् भनेर आशीर्वाद दियो
म निरुत्तर भएँ
आफ्नो मृत्यु पर्खेर अरुको जीवनको
कामना गर्ने रोगीलाई मैले
सन्चो–बिसन्चो सोधिनँ
स्नेहले सुम्सुम्याउने मलम दिइनँ
मलाई लाग्यो–
जीवनको अर्थ खोज्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

मैले आफू दिनभरि काममा जोतिएर पनि
म पतिलाई
एक थाल डाइना मकैले स्वागत गर्ने
श्रीमतीलाई भेटेँ
निरुद्देश्य समय खेर फाल्ने म पति
मैले भोक नलागेको बहानामा
मकैको थाललाई पन्छाएँ
मलाई डाइना मकैसँगै गाँसिएको
निस्वार्थ स्नेह मन परेन
मलाई लाग्यो–
नारीको आदर्श पतिभक्ति स्वीकार्न नसक्ने मान्छे
म कसरी कवि हुन सक्छु ?

चेलाको सम्मान बुझ्न नसक्ने गुरु बन्न सकिनँ
किसानको आत्मीयता चिन्न नसक्ने श्रमपूजक बन्न सकिनँ
बिरामीको आँसु पुछ्न नसक्ने पीडाबोधक बन्न सकिनँ
पत्नीको आदर्श छाम्न नसक्ने योग्य पति बन्न सकिनँ
त्यसैले
म कवि हुन सकिनँ ।

भोर्लेटार– ८, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x