साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला

Nepal Telecom ad

कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरू ?

म इतिहास पढाउन खोज्छु
उनीहरू जङ्गली चरा जस्तै हल्ला गर्छन् !
म गणित पढाउन खोज्छु
उनीहरू पहाडी खोला जस्तै हल्ला गर्छन् !
म भाषा पढाउन खोज्छु
उनीहरू भाषा नै लाटो हुने गरी हल्ला गर्छन् !
म ‘हल्ला नगर’ भन्छु
उनीहरू फेरि हल्ला गर्छन् !

सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला कसरी ‘हल्ला’ हो र ?
यो हल्ला आफैमा एउटा विचार हो
यो हल्ला आफैमा एउटा जीवन हो
यो हल्ला आफैमा एउटा सपना हो !

नानीहरू !
म पनि अब तिमीहरूसँगै बसेर हल्ला गर्छु !!

(प्रकाशोन्मुख कवितासङ्ग्रह ‘च्याउको जङ्गल’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x