साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन सधैं घात गरियो ?

Nepal Telecom ad

अरे दाता तेरो मगज किन हो फुस्किन गयो
अहो हेर्दा हेर्दै मनुज जगमा खुस्किन गयो
कथा कस्तो लेख्यौं रुधर धर धरा रुन्छिन सधैं
व्यथा कस्तो हो यो ? थरथर धरा हुन्छिन् सधैं ।

कतै बाँझै बाँझो पटपट फुटे खेत बरिलै
कतै आई डाँका झटपट लुटे खेत बरिलै
अभागी नेपाली पर–पर पुगी आत्तिन गए
यता यो माटोमा वरपिपल नै मात्तिन गए ।

सबै सेता हात्ती युगयुग यिनै पालक बनी
खजाना लुटे है स्वयम रथको चालक बनी
उनै भाले बन्दै चहचह गरी मच्चिन गए
रमाए ब्वाँसा ती हरिण वनमा थच्चिन गए ।

अहो गोही मात्रै जलचर सबै मासिन गए
मरे सारा माछा अजिंगर उतै टाँसिन गए
पुगे पातालैमा युवक युवती आश तुहियो
कठै नेपालीको हरदम यहाँ बास चुहियो ।

मलामी जन्ती नै अब नगरमा देख्दिन हरे
कहानी माटोको म त कलमले लेख्दिन हरे
बिहानीको आशा गर गर भनी बात गरियो
उज्यालो रोकेरै किन किन सधैं घात गरियो ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x