प्रेम ओली ढकलपुरेमहँगीको उपहार
हर्षको त्यो दिन थियो
प्रेमिकाको जन्मदिन थियो,
प्रेमी हर्षले झुमिदियो
उसको गालामा चुमिदियो,
अब थ्यो प्रेमिकाको पाली
प्रेमीलाई उसले अँगालो हाली
उसले ठूलो केक काटी
सबैलाई थोरै थोरै बाटी,
अब थियो उपहार दिने पालो
प्रेमीले प्रेमिकालाई छातीमा टालो,
उपहार दियो प्रेमीले,प्रेमिका भईन् कालो,
प्रेमीको टल्केको पसिनाले तालु थियो
उपहारमा दुईदाना आलु थियो,
प्रेमिकाले भनी,
“ओई तेरो दाँत झारी दिन्छु
तँलाई खुत्रुकै पारी दिन्छु”
प्रेमी एकपल्ट कन्यो
र काम्दै भन्यो,
“प्रिये,
दाँत झरे रगत झर्छ
रगत झरे असर पर्छ
तिमी जाबो आलु आलु भन्छौ प्रिये
तर एउटाकै यहाँ सय रुपे पर्छ” ।
दार्जिलिङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































