साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेत्तीस प्रतिसत

Nepal Telecom ad

लगातार तीन दिन अबेला घर आयो रेशम । यस्तो मान्छे होइन । ठीक पाँच बजे जहिले पनि हाजिर हुने गर्थ्यो । राधाको चित्त बुझेको छैन । भन्न पनि सक्दिनन् । ‘राधा, यो रेशम हेर्दा निकै भलाद्मी जस्तो छ । तर यसको भर नगर्नू । यिनीहरूको तीन पुस्ताको रेकर्ड अलि बेग्लै छ । सबै कन्या राशी ।’ सहेली गोमाको सूचना, बिहे गरेकै साल । राधाले सोचिन्– यिनलाई म होटल जाने मौकै दिन्न । आफ्नै भान्सामा तृप्त बनाउँछु । हुन पनि त्यस्तै भयो । सोह्र वर्षसम्म कुनै शिकायत गर्नुपरेन । राधा पनि कुनै परीभन्दा कम होइनन् । अहिले घरमा दुई जना मात्रै । जुम्ल्याहा छोराछोरी बोडर्स । अनुसन्धान गरिन् राधाले । तीन दिन तीन पुतलीसित घुम्न गएको कुरा थाहा भयो ।
एक दिन समयमै घर आयो रेशम । ढोका बन्द । मोबाइल पनि निस्क्रिय । झमक्क साँझ परेपछि आइन् राधा । एक छिन बोलेनन् । सहन गाह्रो भएपछि रेशमले नै कनिकाको पोको खोल्यो । ‘पतिदेव, हजुर तीन पुतलीसित तीन दिन घुम्नु भो । तेत्तीस प्रतिसत महिलाको पनि हक हुन्छ । म पनि आज एउटा भमरसित झोला सिनेमा हेर्न गएँ, कुनै आपत्ति ?’ रेशमको अनुहार हेर्नलायक थियो । समाजशास्त्रमा स्नातकोत्तर गरेकी राधा जागिर खान सक्थिन् । तर रेशमकै अनुरोधमा घरमै सीमित भएकी थिइन् । स्वतन्त्र लेखक बनिन् । राधासित बहस गर्ने योग्यता ऊसित थिएन । बोल्यो– ‘राधा, अब आइन्दा म पनि समयमा घर आउँछु ।’ एउटा विजयी मुस्कानको रेखा राधाको अनुहारमा कोरियो । वास्तवमा उनी गोमाको घरमा दिन बिताएर आएकी थिइन् ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x