साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो रुख

Nepal Telecom ad

बुट्यानका बिचमा ठुलो रुख थियो ।
ऊ जहिले पनि घमन्डले फुल्थ्यो– म उहिल्यैदेखिको, म ठुलो, म मोटो, म खाइलाग्दो, म अग्लिएर दुनियाँ देख्छु, म बलवान्, म शक्तिशाली… !
बुट्यान धेरै बोल्दैनथ्यो । आफ्नो काममा खटिरहन्थ्यो । सारै भए पछि कहिलेकाहीँँ मुख उक्काउँथ्यो– मौकामा थाहा पाउलास् को कस्तो हो !
एकदिन ठुलो रुख निहुँ झिकेर डुक्रँदै थियो– मैले चाहेँँ भने तिमीहरू सबैलाई ध्वस्त पार्न सक्छु, क्वाप्ल्याक्क खान सक्छु ।
बुट्यानले भन्यो– जेसुकै भन् । हामीजस्तो बन्न त सक्दै सक्दैनस् ।
ठुलो रुखलाई सारै रिस उठ्यो, उसको ब्रह्माण्ड तातेर आयो । –यस्ता नाथे भासेभुसेले मुख लाग्ने ? भरखरै सोत्तर पार्छु…। अनि उसले झुकेर बुट्यानलाई उखेल्न चाह्यो । बुट्यान उखेलिएन । धेरै झुक्दा ऊ जरैदेखि गल्र्याम्म पल्टियो । बुट्यान केही अँठियो पनि । तर एकै छिनमा ज्युकातिउँ भयो ।
एकछिन पछि मानिसहरू आए, ठुलो रुखका हाँगा काटे, ढाड गिँडे, जरा उक्काए र लगे ।
बुट्यानले मनमनै सोच्यो– त्यसको ध्वाँसले हाम्रै सेप पो पन्छियो ।

‘बोन्साइ’ लघुकथा सङ्ग्र्रह–२०६८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x