साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली सालो

Nepal Telecom ad

चावहिलको गोपीकृण्ण हलबाट बिहान ८ वजे माइक्रोबस चढेर कलङ्की पुगियो । कलङ्कीबाट धादिङको खानीखोला पुग्न जुन गाडी भेट्छु त्यसैमा चढ्यो, कार्यालय पुग्यो । यो हो मेरो जागिरे जिन्दगीको दैनिकी ।
एकदिन कलङ्कीबाट बस चढेर थानकोट छेउ मात्र के पुग्याँथे थानकोट बासीहरूले प्राधिकरणले लोडसेडिङ बढाएको निहुमा चक्का जाम गरेका रैछन् । अव प¥यो फसाद ! १० वजे कुनै हालतमा कार्यालय पुग्नुपर्ने । चक्काजाम भएपछि कंलकीबाट चढेको बस छोडेर फटाफट हिँड्न थालेें । थानकोटदेखि नागढुंगाको वीचमा मात्र के पुग्या थे त्यहीवेला एउटा मोटरसाइकल आएको देखे, हात दिएको रोके । मैले भने– खानीखोला जान लागेको यसो सहयोग पाउँछु कि भनेर हात दिएको भन्दै सफाइ दिएँ । लौ बस्नुस् त भन्दै मलाई पछाडी राखेर दौडाए । म वाणिज्य वैंक खानीखोलामा काम गर्छु, कार्यालय खोल्न जानुपर्ने ढिलो भएर तपाईसँग सहयोग मागेको भन्दै थप सफाई दिए । त्यही क्रममा उसले भन्यो – म सेनामा काम गर्छु, सरुवा भएर धदिङवेंसी जान लागेको । मेरो घर काभ्रे पनौतीको मल्पी स्कूलनिर पर्छ, मेरो नाम गणेश थापा हो भन्दै परिचय दिए । मैले पनि त्यही मौका छोपेर मेरो पनि पुख्यौली घर वनेपा हो, ससुराली पनौती हो, खोपासी जाने पुल छेउको घर हो भन्दै थप परिचय दिए । उसले त्यही मौका छोप्दै भन्यो– त्यसो भए त मैले तपाईलाई भिनाजु भन्नु प¥यो नि त ! तपाईकै गाउँको चेलीबेटी मैले लगेसि तपाईले भिनाजु भन्नै प¥यो नि ! मैले ठट्टा गर्दै भने । एकछिन ऊ मज्जाले हाँस्यो । त्यसपछि उसले बोलेपिच्छे भिनाजु सम्बोधन गर्न थाल्यो । मोटरसाइकल आफ्नै गतिमा कुदिरहेको थियो । मेरो दिमागमा कहिले कार्यालय पुगुला जस्तो भइरहेको थियो । किनभने वेलामा कार्यालय नपुगे खानीखोलाका स्थानियहरूले मेरो टाउकोमा बाँकी कपाल पनि सिध्याउने भो भनेर म त्राहिमाम थिए ।
मैले पनि उसको कुरामा होमा हो मिलाउँदै गए । त्यसपछि मैले पनि तपाई त तीनतिरबाट साइनो पर्ने रहेछ भन्ने ध्वांस दिए । पहिलो जिल्लावासी, दोश्रो ससुरालीवासी, तेश्रो म सवैको भिनाजु । हाहाहाहा । कुराकानीको सिलसिलामा भिनाजु मलाई साह्रै भोक लाग्यो, यता कतै खाने ठाँउ छ भने देखाइदिनु प¥यो भन्दै सहयोग मागे । मैले भने– मेरो कार्यालयको नजिक खुद्रे होटल छ अर्डर दिएपछि बनाएर दिन्छ त्यही खानु अनि जानु भनेर सल्लाह दिए । घडीको सुइले ठीक १०.४५ को संकेत गर्दा खानीखोला कार्यालय पुगें । उसलाई पसल देखाइदिए । माथी मान्छे भीड लागीसक्यो होला म जान्छु भनि उसँग छेट्टिएर बाटो तताए । नभन्दै मान्छे टन्न आएर बसेका रैछन् । सवै काम फत्ते गर्दा दिउसोको ठीक १.३० वजेको होला, पसले साउनी माथी आएर पैसा दिनुप¥यो भन्न आई । के को पैसा साउनी भन्दा अधि तपाई चढेर आएको मोटरसाइकलवालाले टन्न खाजा खाएर गएको छ, भिनाजुले पैसा दिन्छ भनेर गयो त्यही माग्न आएको । साउनीको कुरा सुनेर म दङ्ग मात्र होइन महादङ्ग परे । मैले त उससंग सहयोग मात्र मागेको थिए भुँडी फुट्ने गरी खाएर मरेछ बजियाले भन्दै रुन्चे हाँसो हाँसेर साहुनीको रु.५००÷ दिए । कार्यालयभरी यही कुराले सनसनी फैलियो । साउनी पनि मेरो कुरा सुनेर मुख च्यातेको च्यातै । नहास्ने कोही भएन ।
मैले वेलका घर पुगेपछि घरकीलाई तेरो माइती गाउँको भाईले आज यसो पो ग¥यो भनेर माथीका घटना सुनाउँदा हाँसेर मुख बायेको बायै । मान्छेले मौकाको फाइदा उठाउन जानेको देखेर म अचम्ममा परेको छु । होशियार ! मैले जस्तै तपाईहरूले पनि बाटोमा हिँड्दा नक्कली सालोको फेला पर्नुहोला नि !

सरस्वतीनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x