साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उम्मेदवार महोदयलाई

Nepal Telecom ad

ए उम्मेदवार महोदय !
बढेमानको ऐनाअगाडि उभिएर
कपाल कस्तो पार्दा चिटिक्क हुन्छ
लुगा कस्तो लगाउँदा खुल्छ
नयाँ दामी लगाउँदा राम्रो हुन्छ
कि पुराना सस्ता लगाउँदा राम्रो
सोच विचार
भाषण गर्दा कुम कसरी हल्लाउने
कसरी दायाँवायाँ ढलक ढलक गर्ने
अभ्यास गर रिहर्सल गर
अरब खरब कमाउन सजिलो छैन
ठाउँठाउँमा महलहरू जख्न सजिलो छैन ।
ए उम्मेदवार महोदय
कुराहरू कथ
शब्दहरू खिप
होशियार होऊ
बोलीमा लोली मिलोस्
स्वरमा मधुरता घुलोस्
भाषण काइदाको होस् ।
बेला छँदै ए उम्मेदवार महोदय
छान शब्दकोषबाट मिठामिठा शब्दहरू
इन्साइक्लोपेडियाबाट मोहित पार्ने विषयहरू
खोज जनता लठ्ठिने एकोहोरिने कुराहरू
पत्ता लगाऊ छाँट पारेर काइदासँग बखान गर्ने कुरा
नेपालीहरू सारै सोझा छन्
सोझाहरूलाई छक्याउन सजिलै छ
रामले भए पनि छक्याउने नै हो
श्यामले भए पनि छक्याउने नै हो
छक्याएको हुँदै होइन झैं गरी छक्याउन
एक दम वचनवद्ध झैं गरी थाङ्नामा सुताउन
तिमीले काइदा पुर्याउनु पर्छ
अभ्यास गर रिहर्सल गर ।

मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x