लीला उदासीसंविधान
अहिले हामी
ती आमाका सन्तान जस्तै भएका छौ
जसले अँगेनामा लोहोरो पोल्न हालेकी छिन्
र ‘एक दिन पाक्छ’, − भनेकी छिन् ।
हामी पनि पर्खिरहेछौं, धैर्यसँग−
बन्छ कि संविधान, − भनेर
तर, ए ! माननीय सभासद् !
कृपया एक पटक बताई दिनुहोस् त
कति फरक छ ?
त्यो लोहोरो र तपाईहरूले बनाउने भनेको संविधानमा ?
विरतामोड, झापा
Subscribe
Login
0 Comments
Oldest






































