साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पहिलोः पल्लो गाउँको गुण्डा छ नि, त्यसैलाई पुरस्कृत गरौँ! सुध्रिन्छ कि ? दोस्रोः बिग्रेकालाई सपार्ने तरिका यो हो नि त ! सप्रेकालाई किन सपार्ने ?

Nepal Telecom ad

अमर अधिकारी :

(भाञ्जा मामाघरमा गएपछि)
माइजुः ल भाञ्जाबाबु ! यो करेलाको अचार मीठो भाछ कि छैन चाख्नुस् त।
भाञ्जः माइजु ! यो त तीतो छ। करेला पनि मीठो होला त ?
-१-

(विहेका लागि केटी हेर्न आएर पनि गैसकेपछि)
आमाः आज हरहरी उपाध्याय नाम गरेका केटा आएका थिए आफ्ना बाउसँगै तिम्लाई हेर्न, काँ गएकी ?
छोरीः नाई मम्मी म त यस्ता पुराना नाम गरेका केटासँग त विहे गर्दिनँ !! आयुस, प्रत्युस, निशान्त जस्ता नाम भएका केटा पाइन्नन् र ?
-२-

(प्रहरी एक मिडियामा गएपछि)
प्रहरीः विष सेवनको पनि विज्ञापन गर्ने हो ? कानून पालना गर्नुपर्दैन ? हामीकहाँ उजूरी आएको छ !
मिडिया सञ्चालकः के गर्नु पुलिस दाइ ! देशमा उद्योगहरु डुबिहाले, विज्ञापन पाउनै गाह्रो, हामी बाँच्नै गाह्रो भो ! अनि विष सेवनकै भए पनि विज्ञापन गर्नथालेको, पैसो दिइहाल्छन् क्या रे !
-३-

(सामाजिक संस्थामा पुरस्कृतको नाम छनौट हुँदै गर्दा)
पहिलोः पल्लो गाउँको गुण्डा छ नि, त्यसैलाई पुरस्कृत गरौँ! सुध्रिन्छ कि ?
दोस्रोः बिग्रेकालाई सपार्ने तरिका यो हो नि त ! सप्रेकालाई किन सपार्ने ?
-४-

(नवागन्तुक टोलमा प्रवेश गरेपछि)
आगन्तुकः यो टोलमा भिकारीको घर कुन होला ?
पसलका साहुः यो टोलमा त सबै हुनेखाने नै छन्, को होला र भिकारी ?
आगन्तुकः उहाँको खास नाम भिमकान्त रिमाल हो, मैले त हतार भएर छोटकरीमा भिकारी भनेको।
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x