
तीन ठाेक्तक
उता कोल पट्टिकाले रस उमाले, खुदो बनाए यतातिर भने किनाराको खोइलामात्र बाँकी छ ।

१.
उखु पेले, गीत गाए अब रोइलामात्र बाँकी छ
खाजाको परिकार सकियो, छोइलामात्र बाँकी छ
उता कोल पट्टिकाले रस उमाले, खुदो बनाए
यतातिर भने किनाराको खोइलामात्र बाँकी छ ।
२.
दुःखी जनता सल्लो बाल्छन्
एउटा दुइटा मुर्गा पाल्छन्
कसैले छोडेको पत्ती टिपेर
गरीब जनता दारी फाल्छन् ।
३.
सिकार गएँ, लुरे स्याल भेटेँ
खेल्न गएँ ख्याल ख्याल भेटेँ
भरे राजनीतिमा प्रवेश गरेँ
त्यहाँ त झन् महाँजाल भेटेँ ।
०००
पोखरा-१०, हाल- ओहायो, संयुक्त राज्य अमेरिका