साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आवारा बादल माथि अन्तर्क्रिया

Nepal Telecom ad

शिखा बुक्सद्वारा प्रकाशित साहित्यकार निर्मोही व्यासको नवीनतम नियात्रासंग्रह “आवारा बादल“ माथि २४ पुस २०७८, शनिवार “नियात्रा समाज नेपाल“ को आयोजनमा बागबजारस्थित होटल हार्दिकमा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

आयोजक संस्थाका अध्यक्ष प्रतीक ढकालको सभाध्यक्षता, चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्य एवं भुवनहरि सिग्देलको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा.गीता त्रिपाठी र महेश पौड्याल हुनुहुन्थ्यो ।

त्यसैगरी अन्य वक्ताहरूमा मोहन चापागाईँ, रञ्जु दाहाल, शुकदेव उपाध्याय, प्रोल्लास सिन्धुलीय, कोषराज न्यौपाने, मधुसूदन अधिकारी र भवानी खतिवडा हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन नियात्राकार गीता रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिखा बुक्सका स्वामी पुष्पराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उल्लेखनीय संख्यामा नियात्राकार तथा नियात्राप्रेमीहरूको उपस्थिति थियो ।

स्रष्टा निर्मोही व्यासले कार्यक्रमबाट आफुलाई थप सृजन-ऊर्जा प्राप्त भएको र यसनिम्ति प्रकाशक,आयोजक, समीक्षक-वक्ताहरूलगायत समुपस्थित सम्पूर्ण अतिथि महानुभावहरूप्रति एकमुष्ट रूपमा हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x