सुलसुलेअधिकारीको ‘घाम आउँछ छायाँ दिन्छ’ विमोचन

काठमाडौँ, २३ फागुन, ०७८ । वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आइतबार राजधानीमा एक समारोहबिच गीतकार वासुदेव अधिकारीको गीतिसङ्ग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को विमोचन गरे ।
नौ वटा गीत रहेको सङ्ग्रहका सबै गीतहरू शब्द र गायनका हिसाबले राम्रा रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताए भने दुई दशकअघि आफू राष्ट्र बैङ्कबाट निष्काशित भएपछि वासुदेव राष्ट्र बैङ्कमा जागिरे भएको स्मरण गर्दै हरिवंश आचार्यले वासुदेवका गीतहरू गम्भीर शैलीका रहेका बताए ।
सङ्ग्र्रहमा रहेका नौमध्येको एक गीत ‘सास रैछ सास‘को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भीमा मैनालीसहित विभिन्न कलाकारको अभिनय थियो । मधुकर लोहनीले सङ्गीत गरेको यो गीतलाई सञ्जय तुम्रुकले गाएका हुन् ।
सङ्ग्र्रहमा माटो पर्खिँदै छ, रोल्वालिङ खोली, सुन साथी, बुद्ध बन, साउने झरी, खरी झर्यो, समय छ,, घाम छायाँ बोलका गीतहरू छन् । यी गीतहरूमा मधुकर लोहनी, विकास चौधरी, रूपक चौधरी, नारायण लामा, बलराम समालको सङ्गीत छ भने प्रस्तुत गीतहरूमा मधुकरसहित राजेश पायल राई, रूपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र विक्रम थापा र बलराम समालले स्वर दिएका छन् ।
आपूmले विगतमा विभिन्न कवितासङ्ग्रहहरू ल्याइसकेको र ‘घाम आउँछ छायाँ दिन्छ’ आफ्नो पहिलो गीतिसङ्ग्रह भएको कुरा वासुदेव अधिकारीले बताए । सङ्ग्रहका गीतहरूमाथि गीतकार डा.कृष्णहरि बराल, सङ्गीतकार शिलाबहादुर मोक्तान, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरेका थिए ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा साहित्यकार तथा कलाकारहरूको भव्य उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन अनिता लामाले गरेकी थिइन् ।
– रमेश पोख्रेल
Subscribe
Login
0 Comments
Oldest












































