साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी बुज्रुक होइनौं

नेताहरू बारम्बार चुकिरहँदा प्रतिगमनले मौका ढुकिरहँदा अनि युद्धको घाउ झन् झन् दुखिरहँदा र देशको शिर झुकिरहँदा पनि चुइँक्क नबोल्ने, हामी नेपाली बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

Nepal Telecom ad

महँगीको आगो बलिरहँदा
आम नेपालीको मुटु जलिरहँदा
अनि दिनदिनै सीमा स्तम्भ ढलिरहँदा
र विदेशीको हैकम चलिरहँदा पनि
चुइँक्क नबोल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

भ्रष्टाचारले देश खाइरहँदा
गरिबीले विरह गाइरहँदा
अनि अपराधीले उन्मुक्ति पाइरहँदा
र सर्वत्र अराजकता छाइरहँदा पनि
चुइँक्क नबोल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

संस्कृतिले डाँडो काटिरहँदा
भाइ भाइको मन फाटिरहँदा
अनि नेताहरूले बारम्बार ढाँटिरहँदा
र सत्तासँग स्वाभिमान साटिरहँदा पनि
चुइँक्क नबोल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

युवाहरू पलायन भइरहँदा
लोकतन्त्रको लेपन गइरहँदा
अनि अवस्था जस्ताको त्यस्तै रहिरहँदा
र जनताले निस्सासिएर सहिरहँदा पनि
चुइँक्क नबोल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

नेताहरू बारम्बार चुकिरहँदा
प्रतिगमनले मौका ढुकिरहँदा
अनि युद्धको घाउ झन् झन् दुखिरहँदा
र देशको शिर झुकिरहँदा पनि
चुइँक्क नबोल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।

 

भरखरै विमोचित व्यङ्ग्य कविता सङ्ग्रह
‘मैले जिउन जानिनँ’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x