साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कारी राजनीति

उसले जवाफमा भनेको थियो; ’म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् ।

Nepal Telecom ad

’दाजु हैनस् तँ । मेरो भाइ होस् भाइ । त्यो पनि झड्केलो भाइ । बिग्रेको भाइ । म भने सप्रन नसकेको दाजु परेँ ।’

कपिले छाती ठूलो बनाउँदै भनेको कुराले मेरो अन्तस्करणलाई नराम्ररी घोच्यो । म रन्थनिएँ । एक टक लगाएर हेरेँ । स्वरूपमा म र ऊ उस्ताउस्तै थियौँ ।

उसको पछाडि दृश्य पुच्छर झुन्डिएको थियो । मेरो पछाडि अदृश्य बेमानी लत्रेको थियो । म गाँस, बास र कपासको लागि जीवनभर नै मरिमेट्थेँ । ऊ भने वर्तमान नै खान्थ्यो । आफ्नै शरीरको भुत्ले छाला लाउँथ्यो । त्यही ओड्थ्यो र ओछ्याउँथ्यो । रुखका हाँगाहाँगामा सुत्थ्यो ।

ऊ पनि प्रेम गर्थ्यो । ऊ पनि सहयोग गर्थ्यो । ऊ पनि विद्रोह गर्थ्यो । उसको हरेक काम गराइमा शिष्टता थियो । मेरा हरकार्यकलापमा अशिष्टता दर्सिन्थ्यो । म आफूलाई सर्वश्रेष्ठ ठान्थेँ । अरूलाई झिनामसिना र सर्वनिकृष्ट मान्थेँ ।

’भाइ, तँलाई बुद्धिले खायो । मलाई कुबुद्धिले वनवासमै राख्यो । तँ मलाई गन्दैनस् तर म भने तँलाई मान्दछु ।’ ऊ बोल्दै जान्थ्यो । म सुन्दै जान्थेँ । दोहोरो बोलूँ भने म आफ्नै इज्जत सडकमा छरिएला भन्ठान्थेँ ।

’म तेरो बुद्धि मलाई सर्ला कि भनी कोरोनाबाट भन्दा बढता सजग हुन्छु । तँ पनि मेरो बुद्धि तँमा आउला कि भनी हर्दम सचेत हुन्छस् ।’ ऊ सत्य बक्तै गर्थ्यो । म नसुनेझैँ गर्थेँ तर कान अझ चनाखो पारेर सुनिरहन्थेँ ।

’उसो भए तँजस्तै म किन प्राकृतिक बन्न सकिनँ ?’ यस पटक अनायासै मैले मुख खोलेँछु । उसले दिएको जवाफले मेरो मुखमा ताला लागेको अझै खुल्न सकेको छैन ।

उसले जवाफमा भनेको थियो; ’म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् । त्यसैले तँ अप्राकृतिक होस् । म प्राकृतिक हुँ ।’

२०७८।९।२८
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x