साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्कटको पोको

“कुनै काण्ड गरिस् कि गरिनस् ?" ’गरिन’ भनेछ "कहिल्यै अख्तियारमा परिस् कि परिनस् ?” ’परिन’ भनेछ "कहिल्यै बोर्डिङमा पढिस् कि पढिनस् ?” ‘पढिन’ भनेछ ।

Nepal Telecom ad

कुनै कारण अकारण एउटा सर्वसाधारण नेपाली मरेछ
स्वर्ग जाँदा उहाँ पनि ‘मासचेकिङ’मा परेछ
“कहांबाट आइस् ?”
‘नेपालबाट ।’
“के के ल्याइस् ?”
‘खालि हात छु ।’
सोध्न थालेछन् उल्लाई टाउको हल्लाई हल्लाई
“कुनै काण्ड गरिस् कि गरिनस् ?“
’गरिन’ भनेछ
“कहिल्यै अख्तियारमा परिस् कि परिनस् ?”
’परिन’ भनेछ
’कहिल्यै बोर्डिङमा पढिस् कि पढिनस् ?”
‘पढिन’ भनेछ
“कहिल्यै चुनाव लडिस् कि लडिनस् ?”
’लडिन’ भनेछ
“जापान, कोरियातिर छिरिस् कि छिरिनस् ?”
’छिरिन’ भनेछ
“कहिल्यै बन्दुक भिरिस कि भिरिनस् ?”
’भिरिन’ भनेछ,
“कहिल्यै मोमो खाइस् कि खाइनस् ?”
’खाइन’ भनेछ
“झोलामा चाउचाउ ल्याइस् कि ल्याइनस् ?”
’ल्याइन’ भनेछ
“कहिल्यै कविता लेखिस् कि लेखिनस् ?”
’लेखिन’ भनेछ
“बन्दुक बोक्नेलाई देखिस् कि देखिनस् ?”
‘देखिन’ भनेछ,
“कहिल्यै मधेश झरिस् कि भरिनस् ?”
‘झरिन’ भनेछ
“कहिल्यै डेरा सरिस कि सरिनस् ?”
’सरिन’ भनेछ,
“त्यसो भए तँ अब मरिनस्” भनेछ ।

‘फित्कौली’ अङ्क, २, असोज ०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x