साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ११४ औँ शृङ्खला

कार्यक्रम कालीनागेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद सिवाकोटीको सभापतित्वमा भएको हो ।

Nepal Telecom ad

काठमाडौँ, जेष्ठ १४ शनिबार, २०७९ घुम्ती कविगोष्ठी नेपालको ११४ औँ शृङ्खला गायक एवम् कवि भुवन सिवाकोटी ‘चौघरे’को संयोजकत्वमा भीमसेनगोलास्थित कालीनागेश्वर महादेव मन्दिरमा सम्पन्न भएको छ ।

बिहान ८ः३० देखि सञ्चालन भएको यस कार्यक्रममा कालीनागेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद सिवाकोटीको सभापतित्वमा भएको हो । यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बालगोपाल सिवाकोटी, योग प्रशिक्षक इन्दिरा सिवाकोटी, कपन वानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक एवम् प्रकाशक निबन्ध आचार्य, साहित्यकार ढुण्डीराज पोखरेल, कलाकार एवम् साहित्यकार विक्रम श्रेष्ठ सागर, सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, विमल कोइराला, पुरुषोत्तम ढुङ्गेल र कल्याणी दाहाल हुनुहुन्थ्यो ।

घुम्तीका पूर्व अध्यक्ष रामचन्द्र दाहालले स्वागत मन्तव्यसहित कविता वाचन गरेर कार्यक्रमको थालनी गर्नुभएको थियो । परशुराम पराशरले सञ्चालन गरेको यस कार्यक्रममा १८ जना कविहरुले आध्यात्मिक कविता, भजन र मुक्तक वाचन गर्नु भएको थियो ।

कविता वाचन गर्नेहरुमा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित, सुशील आचार्य, परशुराम पराशर, भावना न्यौपाने, उर्मिला पन्त पाण्डेय, भुवन सिवाकोटी चौघरे, भगवती सिवाकोटी, दुर्योधन वस्नेत, उदास कार्की, घनश्याम प्रसाईंलगायत अतिथिहरुसमेत हुनुहुन्थ्यो ।

कार्यक्रमका सन्दर्भमा बोल्दै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बालगोपाल सिवाकोटीले घुम्ती कविगोष्ठी नेपालको कार्यक्रम मन्दिरपरिसरमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो भने यस्ता कार्यक्रम समयसमयमा गर्नुपर्ने समेत बताउनुभयो । प्रमुख अतिथिले कविताका बारेमा बताउनुभएको थियो । सभापतिले घुम्ती कविगोष्ठी नेपाललाई धन्यवाद दिँदै सराहना गर्नुभयो ।

– पर्शुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x