साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीज्यू ! कृपा गरेर काल पठाउनुस्

सरकारी अस्पतालमा आमाको उपचारको पालो आएन हामी आमाछोराको काल पनि आएन मन्त्रीज्यू ! हामीमाथि कृपा गरेर काल पठाए पनि हुन्छ ।

Nepal Telecom ad

मन्त्रीज्यू !
आमा सकिस्ति हुनुहुन्छ
सरकारी अस्पतालमा उपचारको पालो आएन
निजी अस्पतालमा लैजान आँट भएन
आमाको काल पनि आएन
आत्महत्याका लागि मेरो बल पनि भएन

मन्त्रीज्यू !
तपाईसंग घनष्ठि बनेका वर्षहरू
जम्मा तीसवटा भएछन्
पत्रकारिताको घनभिूत सपना देखेर
भँगेरी चरो जस्तो रनबन उडिरहेका बेला
तपाईसँग भेट भएको थियो
त्यसबेलाको तपाईं जस्तै
ख्याउटे बाटोमा

मलाई याद छ
त्यो पहिलो भेट
डेरा भाडा तिर्न नसकेर
तपाईं समयमै कोठा जान नसकेको
मलाई याद छ
पैसा नभएर
भर्खर विवाह गरेकी
श्रीमतीलाई पेटभर खानदिन नसकेको पीडा सहन नसकेर
तपाईले आत्महत्याका बारेमा लामो कुरा गरेको

हो मन्त्रीज्यू !
तपाईलाई याद छैन होला
मलाई याद छ
पाँच, दश र बीस रुपैयाँका नोटहरू
जम्मा गरेर मेरी आमाले पठाएको
केही हजार रुपैयाँ
मैले सापटी दिएको

अहिले तपाई यो देशको मन्त्री हुनुहुन्छ
बितेका तीस वर्षमा
मैले समाचारमा तपाईलाई
कति हजार पटक सम्प्रेषण गरे हूँला
न तपाई गन्न सक्नुहुन्छ
न त म नै

वितेका तीस वर्षसम्म हामी
आकाशका तारा जत्तिकै भेटेहौँला
पत्रकारिताका नाममा
म बोझिलो बोझिलो बन्दै गएँ
राजनीतिका नाममा तपाईँ
दिनदिनै पोटिलो पोटिलो बन्दै जानुभयो
संसद, भवन र सिंंहदरवार अब तपाईका सपना रहेनन्

हाम्रो भेट पनि पातलो बन्दै गयो
मेरो अभावग्रस्त जिन्दगी
तपाईलाई नसुहाउने भयो
म यी सबै बुझ्दाबुझ्दै
आमा बचाउन गुहार माग्दैछु

मन्त्रीज्यू !
सरकारी अस्पतालमा
आमाको उपचारको पालो आएन
आमाको काल पनि आएन
आमाले मुटु जस्तै मान्ने दाइजोको
खेत बेचेर आएको छु

मन्त्रीज्यू !
उहिल्यै मैले दिएको सापटी फिर्ता चाहिंदैन
सरकारी सुविधा पनि पर्दैन
सरकारी अस्पतालमा आमाको उपचारको पालो आएन
हामी आमाछोराको काल पनि आएन
मन्त्रीज्यू !
हामीमाथि कृपा गरेर
काल पठाए पनि हुन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x