साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ हुनुको रन्को

ज्ञानी, विद्वान र सम्मानित भैदिएको भए आफैँ ‘प्राज्ञ’ कहलिन्थे होलान् नि, जि हजुरी गरेर, निवेदन हालेर अनि टिको लाइदिएर प्राज्ञ हुन पर्थ्याे  ?

Nepal Telecom ad

उनीहरू सबै नशामा धुत्त थिए । तिहारको रमाइलो, सबैको घर-दैलोमा दीपमाला बलिरहेको थियो । रेष्टुरेन्टको कुनै कुनामा उनीहरू नशामा रमाइरहेका थिए । कुरै कुरामा एकजनाले भने- “यार, आजभोलि मन्त्री, प्रधानमन्त्री बन्न सजिलो भयो भनेको त ‘प्राज्ञ’ बन्न पनि सजिलो भएछ । सिफारिस चढायो, निवेदन हाल्योे बस ‘प्राज्ञ’ कति सजिलो ।”

“यो मुलुकमा कुनै बेला निवेदन हालेर प्रधानमन्त्री त बन्न पाउँथे । त्यो जाबो ‘प्राज्ञ’ बन्नु भनेको के ठूलो कुरा हो र ?” अर्काले गिलास रित्याएर मुख बिगार्दै भने ।

“त्यै त, त्यै त भन्या ।” पहिलोले सहमत जनाउँदै भन्यो- “यो देशमा कुनैबेला निवेदन हालेर प्रधानमन्त्री त बन्न पाउ“थ्यो । भलैे प्रधानमन्त्री असक्षम नै किन नहोस् ? तिनै, त्यस्तै प्रधानमन्त्रीले बनाउने ‘प्राज्ञ’ हुन के ठूलो चमत्कारको कुरो भयो र ? सिफारिस लडाएर र निवेदन चढाएर प्राज्ञ बन्न तँछाड मछाड गर्ने बुद्धिजीवि र विद्वत वर्ग भएको यो देशमा खासै ठूलो र नौलो कुरो भएन ।

“तिमीहरूले के कुरा गर्छौ यार  ?” तेस्रोले आफ्नो अनभिज्ञता जनाउ“दै भन्यो- “तिमीहरूले कुरा बुझिसक्नु छैन पनि भन्छौ फेरि यो प्राज्ञ-साज्ञकोे कुरा पनि गर्छौ । यार, मैले त यो ‘प्राज्ञ’ भनेको कुन चिडियाको नाम हो, त्यो पनि सुने बुझेको छैन । के हो यो ‘प्राज्ञ’ भनेको ? कुन चरीको नाम हो ?”

“लौ ऽऽ , गए पहाड खोड्ने, निकले चुहा” दोस्राले भन्यो- “यार, यसलाई ‘प्राज्ञ’ भनेको पनि थाहा रैनछ । एै तँ कुन दुनियाँमा छस् हँ ? तेरोे आफ्नो बेइज्जत त भयो भयो, तैँले त हाम्रा प्राज्ञहरूको पनि घोर अपमान गरिस् । तँलाई प्राज्ञ भनेको पनि थाहा रैनछ अगि ?”

“मलाई के थाहा ? थाहा भएर पनि मलाई के मतलब ?” तेस्रोले आफ्नो अभिमत राख्तै भन्यो- “प्राज्ञ के हो, को हो भन्ने मैले जानेर, बुझेर पनि मलाई के काम ? जीवनमा मलाई कहिल्यै प्राज्ञ बनुँला भन्नु छैन । प्राज्ञ भैटोपलिनु पनि छैन । अनि बित्थामा टाउको किन दुखाइरहनु ? फेरि ती प्राज्ञ भनाउँदाहरूले गरेकै के छन् र ? दुई चार वर्ष प्राज्ञ भै टोपलिनु अनिपछि फेरि उही नाम्लो उही कुम्लो त हो नि । एउटा फाइदा चाहिँ नामका अगाडि प्राज्ञ जोडिन्छन् त्यतिखेर बर्षाको केजाति फुलेझैँ गजक्क फुल्न पाइन्छ त्यही हो प्राप्ति । बहुसंख्यक जनताकोे प्राज्ञसँग गोरु बेचेको साइनो पनि हुँदैन । यस्तोमा मैले मात्र किन चासो लिइरहनु  ?”

“हेर हेर यसको बुद्धि” पहिलोले भन्यो- “रक्सी धोकेपछि होश हराउ“छ भन्थे यसको त बुद्धि पनि हराएछ बा ऽऽ, एै तँ कुन दुनियाँमा छस् हँ ? तँ जन्मने कुनामा बसेर रक्सी धोक्ने नेपाल देशमा, अनि सपना देख्ने अमेरिकाको ? हेर,  नेपालमा प्राज्ञ हुन धुरन्धर बुद्धिमान, सबैथोक जानेका ठूलै मान्छे हुनुपर्छ भन्नु छैन बुझिस् ? यहाँ हात मल्न जान्ने, सिफारिस तान्ने अनि निवेदनले ठाउँका ठाउँ हान्ने हिम्मतवाला मान्छेका लागि प्राज्ञ हुनु, ठूलामान्छे हुनु, मान-सम्मान, तक्मा, पुरस्कार, उन्नति, पदोन्नति पाउने कुरा त वाया“ हातका खेल हुन्छन् बुझ्यौ ? यहाँ साँच्चिकै बुद्धि भएका, नैतिकवान, चरित्रवान, ज्ञानीजन को ठूलो मान्छे भएका छन् ? सबै निवेदन सिफारिस मार्का त हुन् नि । त्यसैले हेर मुरखदाश, तैंले आफूलाई प्राज्ञ बन्ने औकात छैन भनेर हिम्मत नहार, बुझिस् ? यो नेपाल हो । यहाँ असम्भव भन्ने केही हुँदैन, केही छैन । त्यो प्राधानमन्त्री हेर न, गाउँमा खुट्टो टेक्या होइन, चुनावमा बहुमत ल्याएरै छोड्छु भन्छ । अब नभनेर भो ? चुनाव गराउँछु भनेरै प्रधानमन्त्रीको लागि निवेदन हाल्या,  जसरी पनि चुनाव त गराउनै पर्‍यो, भए हुन्छ, नभए हुँदैन, के को ठ्याक-ठ्याक ? त्यसैले भाइ, तँ प्राज्ञ बन्न सक्तिन भनेर हिनता बोध नगर । कस्ता कस्ता ज“ड्याहा, भँड्याहा, र खँड्याहाहरू त प्राज्ञ भैटोपलिएका छन् भने तिमी हामीले कस्को बाबुको के खाइद्याछम् र ? त्यै कहिलेकाहीँ बाउको खल्तीको पैसा उडाउने गरेका त हौं नि । अरू बिथ्याहाँ गरेकै के छौँ र हामी प्राज्ञ हुन नसक्नु ? कि कसो यार ?”

‘हो यार ।’ दोस्रोले सही थाप्दै भन्यो- ‘यो प्राज्ञ भन्ने, मन्त्री भन्ने, अरू के के जाति भन्ने सबै कुर्सी कै खेल त रहेछ नि ¤ कुर्सीमा आफ्ना भइन्जेल सबै आफ्ना, कुर्सी खुस्केपछि आफ्ना साफ्ना, प्राज्ञ-साज्ञ सबै क्वीट् । सबै खलाँस् । त्यसैले हेर, हाम्रातिर ‘प्राज्ञ’ भनेको ज्ञानचक्षु खुलेका, बुद्धि, विवेक भएका, समाजले आदर गरेका, जान्नेसुन्ने भनेका होइनन् रहेछ । हाम्रोमा ‘प्राज्ञ’ भनेको त कुर्सीमा बसेका ठूला बडा भनाउँदालाई रिझाउन सक्ने ज्ञान, खुबी र बुद्धि भएका प्राणी रहेछन् बुझिस् ? यहाँका बुद्धिजीवि, विद्वान, पण्डित भनाउँदाहरू व्यवहारमा पनि ज्ञानी, विद्वान र सम्मानित भैदिएको भए आफैँ ‘प्राज्ञ’ कहलिन्थे होलान् नि, जि हजुरी गरेर, निवेदन हालेर अनि टिको लाइदिएर प्राज्ञ हुन पर्थ्याे  ?

‘अनि कस्ता हुन्छन् त प्राज्ञ ?’ तेश्राले जिज्ञासु भएर पुनः सोधे ।
‘हेर प्राज्ञकै कुरा गर्ने भए …..’ दोश्राले प्राज्ञको अर्थ केलाउँदै भने- ‘शब्दकोशमा भनिए अनुसार परिपक्क बुद्धि भएकाहरूलाई प्राज्ञ अथवा बुद्धिमान भनिएको छ । अध्यनद्वारा प्रशस्त ज्ञान हासिल गरेका व्यक्ति, विद्वान, पण्डित तथा विज्ञजनलाई ‘प्राज्ञ’ भनिएको छ । तर एउटा कुरा थाहा छ ? ती शब्दकोशकारले ‘विवेक’ भन्ने शव्द राख्न बिर्सेजस्तो लाग्यो । त्यही भएर हाम्रो देशमा प्राज्ञ हुन शिफारिस र निवेदनलाई आधार बनाएको रहेछ । बडे बडे पण्डित, विज्ञता हाँसिल गरेका विद्वानहरू पनि प्राज्ञ हुन तँछाड मछाड गरेर निवेदन टक्राउने भएका रहेछन् । ज्ञान र बुद्धिसँग अलिकति मात्र पनि विवेक भैदिएको भए प्राज्ञ हुन किमार्थ निवेदन हाल्ने थिएनन् होलान् । त्यै भएर बुझिस्, हुन त जाँड खाएको यो थुतुनोले भगवान् बुद्धको नाम लिन पनि पाप लाग्छ । तर, तैँले जिज्ञासा राखि हालिस त्यसैले भन्दैछु- “प्रज्ञा बारे भगवान् बुद्ध भन्नुहुन्छ- कुनै पनि विषय वा वस्तुलाई ठीक प्रकारले यथाभूत (जस्तो छ त्यस्तै) अर्थात सहीलाई सही र गलतलाई गलत भनेर आफ्नै अनुभवबाट जान्नु वा बुझ्नु ‘प्रज्ञा’ हो । जसमा यो दूर्लभ गुण हुन्छ त्यस्तालाई ‘प्राज्ञ’ भनिन्छ ।

“धत् ! रक्सी खाएको बेला यस्तो धर्म, कर्मको कुरा गर्ने हो ?” तेस्रोले मुन्टो हल्लाउँदै भन्यो- “जाँड खाने ठाउँमा यस्तो पवित्र कुरा नगर यार,  कहाँ बुद्ध..! बुद्ध भगवान्को कुरा कहाँ यो जाँड खाएको थुतुनोको कुरा । भो, छोड यार यस्तो कुरा । यसरी नै जाँड खाएको शुरमा दुई चारवटा कथा, कविता लेखिएछ भने भनसुन गरेर हामी पनि ‘प्राज्ञ’ बनौंला । माथि हाम्रा पनि मान्छे छन् क्यारे ? जाउँ यार, हेर  अबेर भैसक्यो ।

तिनै जना फिटफिट भएर रेष्टुरेण्टबाट बाहिरिए । बाहिर झलमल बत्ति बलिरहेको थियो । तर, सिरिसिरी बगेको बतासले बल्न दिइरहेको थिएन ।

पोखरा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x