सुलसुलेपद्मश्री पुरस्कार स्रष्टा ज्ञवाली, ठकुरी र डा.रुइतलाई
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिनु भएको हो ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीलाई, पद्मश्री साधना सम्मान कथाकार माया ठकुरीलाई र पद्मश्री गौरव पुरस्कार नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिनु भएको हो ।
वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निणर्ायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूणर् योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गरिने जानकारी पनि अध्यक्ष लामिछानेले दिनुभयो ।
प्रतिष्ठानद्वारा निणर्ायक समितिको निणर्य गरेबमोजिम वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई अर्पण गर्ने निणर्य गरिएको छ । भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाइएको छ । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन्- विज्ञप्तिमा भनिएको छ ।
यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूणर् योगदान दिनुहुने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निणर्य गरिएको छ । उहाँका कथाहरू समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।
यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निणर्य गरिएको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुनुहुन्छ । सन्दूक रुइत नामक उहाँको जीवनी अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।
प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन भइसकेको थियो । यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निणर्ायक समितिका संयोजक राम लोहनी र निणर्ायक सदस्यहरू नयनराज पाण्डे र कुमारी लामा रहनुभएको थियो ।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ र तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूणर्िमाका दिन अर्पण गरिने जानकारी पनि अध्यक्ष लामिछानेले विज्ञप्तिमार्फत दिनुभएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































