ठाकुरप्रसाद अधिकारीमाया फाटेपछि
प्रेमपत्र फाटेको भोलिपल्ट हामी उध्रिएको माया सिलाउन आतुर थियौं ।

प्रेमपत्र फाटेको भोलिपल्ट
हामी दुई उध्रिएको माया सिलाउन आतुर थियौँ
मुटुको ढुकढुकीमा कहाँ के कसो भयो थाहा पत्तो भएन
एकाएक मनका धमनीहरू धुम्मिने क्रम शुरु भयो
एकाएक आकाशमा बादल गर्जिएझैं
स्वहरू गर्जिन शुरु भयो
एकाएक उसको राताम्मे अनुहारमा
ग्रहण लागेझै मलिन भएर बदली भयो
मेरो सफेद अनुहार पनि अचानक फिक्का फिक्का हुँदै गयो
मानौ
बिहानीको लालित्य एकाएक हराएझैं रङ्गहीन हुन पुग्यौं
हामी दुईको मायामा शंका गर्ने ठाउँ थिएन
र
अनि सप्तरङ्गी सम्बृध्द माटोबाट रातोसिन्दुर सापटी मागेर
विगतमा गरेको सानो कसम सम्झने बाहेक अरु उपाय थिएन
प्रेममा शंका नरहोस् भनेर
उसले प्रेमपत्र मनमनै बाचन गर्दै
आँखा घरि घरि मतिर ओछ्याई रही
मैले पनि विगतको बाचा मनन गर्दै उतिर नजर घरिघरि पुर्याई रहेँ
तर
विगतको बाचा र कसम सम्झना गरेपछि
उसका आँखामा नयाँ सूर्य उदाएझै खुशीको भाव हुर्कियो
मेरा आँखामा पनि खुर्पे चन्द्रमा झुल्केझै हर्षको भाव हुकिर्यो
तैपनि एकले अर्कालाई पालैपालो चियाई चियाई हेरि रह्याैँ
घरिघरि एकले अर्काको मन चोरेर
एक अपसमा सपना साटासाट गरिरह्याैँ
त्यसबेलासम्म हाम्रा दुई जोर सम्बृध्द नानीहरू साक्षि थिए
अन्तमा हामी दुई प्रेम रसमा निर्थुक्क भिजेका थियौं
प्रेमपत्र फाटेको भोलिपल्ट
हामी उध्रिएको माया सिलाउन आतुर थियौं ।
०००
हाल सिड्नी अस्टेलिया
२०७९ भाद्र १६
Subscribe
Login
0 Comments
Oldest








































