सुलसुले‘झोराहाटमा साहित्य’को असोज शृङ्खला सम्पन्न
कार्यक्रममा गाईघाटमा रहेर साहित्य अभियान चलाइरहनु भएका हास्यव्यङ्ग्य साहित्यकार माधव पोखरेल गोज्याङ्ग्रेलाई सम्मान गरिएको थियो ।

मोरङ, असोज ८, २०७९ । ‘झोराहाटमा साहित्य’को असोज महिनाको शृङ्खला झोराहाट नाटकघरमा सम्पन्न भएको छ ।
हरेक महिनाको दोस्रो शनिबार हुने सो कार्यक्रममा यो महिना इनरुवाका अग्रज स्रष्टा रमेन्द्र कोइराला, इलामका स्रष्टा विवश बलिभद्र कोइराला, विराटनगरकी स्रष्टा लक्ष्मी चौधरी युग्मी र सुनसरीकी स्रष्टा बबिता भुजेलले आफ्ना ५/५ वटा शक्तिशाली सिर्जना सुनाइरहँदा नाटकघरमा वन्स मोर आवाज आइरह्यो ।
स्रोता स्रष्टा र शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा गाईघाटमा रहेर साहित्य अभियान चलाइरहनु भएका हास्यव्यङ्ग्य साहित्यकार माधव पोखरेल गोज्याङ्ग्रेलाई सम्मान गरिएको थियो ।
हालै दिवंगत हुनुभएकी स्रष्टा राधारमाप्रति सम्मान स्वरुप श्रद्धाञ्जली अर्पण गर्दै शुरु भएको कार्यक्रमको प्रमुख अतिथि महाकाव्यकार डम्मरुबल्लभ भण्डारी हुनुहुन्थ्यो । कार्यक्रममा मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेल, समीक्षक हरि कट्टेल, पतन्जली योग समितिका पदाधिकारीहरू, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद विवश घिमिरे, नोबेल साकोस प्रदेश १ कि अध्यक्ष मीना श्रेष्ठ सबी, खोटाङ्ग साहित्य कार्यक्रमका संयोजक रोहिणी रसिक, कवि प्रिन्स प्रमोद ढकाल, गायिका राधा सुवेदी, गजलकार रोमु अधिकारी, साहित्य साधक छवि बैरागी घिमिरे, मुक्तककार लक्ष्मी स्मृति, लगायत साहित्यकारहरूको सघन उपस्थिति थियो ।
झोराहाट नाट्य समुहका सचिब छत्र काफ्लेको सभापतित्वमा भएको कार्यक्रम समुहका अध्यक्ष भरत गुरागाईँबाट संचालन भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































