साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीपन

पुग्ने चाह अझै छ उच्चगिरिमा फार्दै कडा उल्झन खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।

Nepal Telecom ad

साह्रै जीर्ण भयो तथापि बलले चल्दैछ यो देह जो
ऊर्जा जाग्दछ हो विचित्र मनमा बोकूँ पहाडै म यो
थाक्ने मात्र शरीर हुन्छ जनको थाक्दैन कैल्यै मन
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।१

यो नेपाल दिगो विकाश नहुँदा खट्केर धेरै कुरा
पारौँ देश अझै समुन्नत भनी चल्छन् दुवै पाखुरा
मान्छे वृद्ध तथापि हो प्रगतिमा इच्छाहुने लम्कन
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।२

लाखौँ सिर्जनमा अमूल्य गहना नेपाल मेरो न हो ?
मान्छेभित्र खुदा रही सुख दुखै भोग्ने उसैले त हो
सारा स्वर्ग यही छ भोग्नु सबले साँचेर यो जीवन
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।३

धोको हुन्छ पिऊँ पिऊँ मनभरी सञ्जीवनी नै सुरा
इच्छा जाग्छ अजम्मरी हुनगई लाखौँ चढूँ टाकुरा
नाचौँ लाग्दछ हो बगान बिचमा भै राधिका मोहन
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।४

हाम्रा नीति र शास्त्रका सब कुरा भुल्दैगए मानव
मान्छेभित्र यहाँ पसेर लफडा गर्दैछ हो दानव
बिग्रे धेर युवा किशोर युवती बाला पनि यो क्षण
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।५

धेरै काम भए यहाँ विगतमा घोटेर ज्यादा घुँडा
राख्यौँ देश अखण्ड बाहुबलले बोकेर भाला खुँडा
पुग्ने चाह अझै छ उच्चगिरिमा फार्दै कडा उल्झन
खाएको खलि नै विशुद्ध सुन हो साँचै बुढ्यौलीपन ।६

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x