साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘पुस्तक परिचर्चा तथा गाउँमा कविता’ कार्यक्रम

त्रिफला राष्ट्रिय पुस्तकालय र रामप्रसाद-देवी ओली प्रतिष्ठानको सहआयोजनमा ‘पुस्तक परिचर्चा तथा गाउँमा कविता’ कार्यक्रम सम्पन्न भयो ।

Nepal Telecom ad

झापा, २०७९ मङ्सिर २२ । त्रिफला राष्ट्रिय पुस्तकालय र रामप्रसाद-देवी ओली प्रतिष्ठानको सहआयोजनमा ‘पुस्तक परिचर्चा तथा गाउँमा कविता’ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता त्रिफलाका अध्यक्ष प्रेमप्रकाश फलाहारीको, प्रमुख आतिथ्य डा.इन्दुल केसी (झा) भक्तपुर, आतिथ्य प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, शिक्षा सेवी उद्धव बिस्ट, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल हुनुहुन्थ्यो ।

विष्णुप्रसाद ओली सञ्चालन गर्नुभएको कार्यक्रममा विष्णुप्रसाद ओलीलिखित पुस्तक ‘व्यूँझिएको कुम्भकर्ण’ (लेखहरूको संग्रह)को परिचर्चा तथा कविगोष्ठी भएको हो ।

‘व्यूझिएको कुम्भकणर्’को चर्चा कवि विनोद खनाल तथा आख्यानकार पुण्यप्रसाद खरेलले गर्नुभएको थियो भने कविता वाचन गर्ने कविहरूमा ग्रिष्मा भेटवाल, नारायण निरौला, विष्णु ओली, विनोद खनाल, मिना अधिकारी, तुलसीप्रसाद भट्टराई, मातृका सङ्ग्र्रौला, राधा घिमिरे, भगवती ढुङ्गेल, शिसा थारु, लक्ष्मी अच्युत ढुङ्गाना, रीता गङ्गा खड्का, हिरण्यप्रसाद भट्टराई, जमुना खरेल तथा परशुराम तिमसिना आदि हुनुहुन्थ्यो ।

साहित्यकार कृष्णप्रसाद उप्रेती, उद्धव बिस्ट, डा. इन्दुल केसीले मन्तव्य राखेको सो भव्य कार्यक्रममा जनक केसी, गङ्गाप्रसाद भट्टराई, गणेश पोखरेल, लीला निरौला, जुना श्रेष्ठ लगायत पचासौं व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य सुभद्रा भट्टराईले गर्नुभएको थियो ।

०००
– झापाबाट पुण्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x