साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिष्ठ साहित्यकार कृष्ण जोशीको श्रद्धाञ्जली सभा

काठमाडौँमा वासु शशी स्मृति परिषद र साहित्यिक पत्रकार संघले संयुक्तरूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो ।

Nepal Telecom ad

आज २०७९ मङ्सिर २३ गते, थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा वासु शशी स्मृति परिषद र साहित्यिक पत्रकार संघले संयुक्तरूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो सभामा अध्यक्ष लेकाली, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र के. सी., वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ साहित्यकारहरु शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ रोदन, गोविन्द गिरि प्रेरणा, समालोचक गोविन्दमान सिंह कार्की, दिलीप श्रेष्ठलगायतले आआफ्नो मन्तव्य राख्दै कवि कृष्ण जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सभामा वासु शशी स्मृति परिषदका उपाध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठकले धन्यवाद ज्ञापन र सचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु श्याम प्रधान, कणाद महर्षी, महेश प्रसाईं, प्रमोद प्रधान, मुरारि सिग्देल, बाबा बस्नेत, सन्ध्या पहाडी, गीता कार्की, अनुपम रोशी, रत्नलक्ष्मी श्रेष्ठ, मन्जिला अनिल, सरिता अर्याल, सुमन बर्षा, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, राज रजक, बुना दाहाल, निर्मलरमण पराजुली, नरेश श्रेष्ठ, जेस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x