साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिसो चिसो हावामा

एउटा ठूलो बबन्डर हावाहुरी, आँधी देशमा पठाई दिनु पर्‍यो, त्यो आँधीबेहरीले देशका बुढाखाडा, पातकी नेताहरूलाई देशको राजनीतिबाट बढारेर लगोस्, उडाएर लगोस् ।

Nepal Telecom ad

‘ह’ महिमामा ‘हस् र हजुर’को कमाल तपाईंले पक्कै पढ्नु भयो होला ।
हस् र हजुर अति जीवन उपयोगी सुत्र हो । घर, गृहस्थमा हस् को महत्व मैले फेरि दोहराउन नपर्ला, त्यस्तै घर बाहिर हजुरको नुस्खाले जीवनमा अगाडि बढ्न सहयोग गर्छ । यो पनि व्याख्या गरिरहन नपर्ला । अब हँसिलो ‘ह’मा आकार थपेर हा बनाउनुस् । हो, यो ‘हा’मा हा थपेर हा हा बनाउनु भयो भने यसले सबैलाई हँसाउँछ । सबैलाई खुसी तुल्याउँछ । हा हा घुमाउरो पारामा उपदेश दिनलाग्यो भन्ठान्नु होला, त्यो हैन है साथीहरू ।

म कुरा गर्दैछु, ‘हा’मा व आकार थपेर बन्ने ‘हावा’को । यो त झनै जीवनको पलपलमा नभई नहुने तत्व हो, पंच तत्वमध्ये एक । तपाईंको चुच्चे, थेप्चे, बुच्चे वा डल्ले नाकले यो हावा तान्न बिर्सियो भने, तान्न सकेन भने तपाईं ‘तुम् पाकु छ्याइँ’ हुन पुग्नुहुन्छ, यानेकि तपाईं मास छर्न जानुहुन्छ ।

यो हावा नाकबाट भित्र पसेर फोक्सोतिर पसे त ठीकै छ, कथम् कदाचित् भुँडीतिर रुमलियो भने, अरुलाई त केही हुन्न तपाईं आफैलाई भने तिरिमिरी झ्याइँ पार्छ । अमिताभ बच्चनवाला हाजमोला खाउँ कि रामदेववाला हिङगोली खाउँ पार्छ । खानै परेपछि भने, सिंहदरबार बैद्यखानाको पाचक खानुहोला । आलु खानु होला, अण्डा खानु होला, लड्डु खानुहोला तर हावा नखानु होला, त्यो चाहे जाँचमा होस् वा जीवनमा ।

त्यो हावा तपाईंको पेटमा बसेसम्म त कसैलाई केही छैन । तर, तपाईंको निकासबाट निस्कियो र अरुको नाकतिर आगमन गर्‍यो भने आपत् पार्छ । त्यस्तो बेला कसैले ‘को हो यो वायु पिचास ?’ भन्यो भने यस्तो परिस्थितिमा ‘म हैन’ भनी हाल्नुपर्छ । यदि तोप पड्केजस्तो पड्केर निस्कियो भने त्यसो भन्ने मौका पनि पाउनु हुन्न । त्यसैले हावालाई वायु नबनाउँ, बन्ने मौका नदिउँ । साथै ‘शरीरमा वायु बढ्यो भने आयु घट्छ’ यो सूत्र पनि जानिराखौँ ।
अनि, पेटको वायु तल हैन माथि लागेर मुखबाट निस्कियो भने अर्को बिजोग । मुखभन्दा अझ माथितिर लाग्यो भने ? फेरि दिमागसम्म पुगेको हावा फुस्स फुस्कियो भने ? अब, अरु नबोलौँ, त्यतातिर लाग्दै नलागौँ ।

कहिलेकाहीँ के हुनसक्छ भने, तपाईंको हावा यानेकि आयु वायु ठीक छ तर तपाईसँग उठबस गर्ने नजिककाहरू, चम्चाहरू, काँटाहरू हावादारी हुनसक्छन् । यहाँ पनि होस पुराउनु पर्छ । त्यस्ता हावा मान्छेहरूसँग होसियार रहनुपर्छ । त्यस्ताले कतै तपाईंलाई हावा भरेर ‘वाह वाह’ गरेर यत्तिकै फुलाउन खोजेको त छैन, हेक्का राख्नुपर्छ । बेलुन फुलाएजस्तो फुलाएर फ्याट्ट फुटाउन बेर छैन, याद गर्नुहोला ।

टोल छिमेकका मानिसहरूसँग त तपाईं होसियार हुनुहोला, तर देशको छिमेकीले दुःख दिन चाहे भने दक्षिणबाट तातो लू र उत्तरबाट चीसो सिरेटो पठाई दिनसक्छन् । हावाको गति अलि बढाई दिए पुग्छ उनीहरूलाई । अनि हावा हुरीमा बदलिन्छ, आँधीवेरीमा बदलिन्छ । अनि उत्पात् मचाउन थाल्छ, त्यो भुमरीमा बदलियो भने थप विपद् थप्छ । त्यसैले सँगैकासँग सतर्क रहनु पर्छ ।

तर, पहाडको त्यो चौतारीमा सुस्ताउँदा चिसो चिसो बतास सुस्तरी चल्यो भने ‘यो हावा, यो लहर यो रमझम तिमीलाई, रेलिमाइ रेलिमाइ, रेलिमाइ’ गाउन मन लाग्छ । ‘चिसो चिसो हावामा त्यसै मन बरालिन्छ’ गाउन मन लाग्छ । मखुला पासा ?

अन्तमा हनुमानजीका पिता पवन देव, वायु देवतालाई मेसेज पठाएर एउटा अनुरोध गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । अनुरोध के भने, एउटा ठूलो बबन्डर हावाहुरी, आँधी देशमा पठाई दिनु पर्‍यो, त्यो आँधीबेहरीले देशका बुढाखाडा, पातकी नेताहरूलाई देशको राजनीतिबाट बढारेर लगोस्, उडाएर लगोस् । गणतन्त्रमा यस्तो अनुरोध गर्न मिल्ला कि नमिल्ला, साथीहरू ? ठीक अनुरोध गरेँ हैन त ? मखुला पासा ?

०००
यु.एस. ए.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x