सुलसुलेअभिनवको २५०औं शृङ्खला तथा पुरस्कार वितरण
अभिनव साहित्य समाजको बद्रीनाथ छन्दोबद्ध कविता पुरस्कार तथा सम्मान अर्पण तथा २५०औं रचनावाचन कार्यक्रम समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्त्व तथा साहित्यकार डिल्लीराज अर्यालको प्रमुख आतिथ्यमा ।

अभिनव साहित्य समाजको बद्रीनाथ छन्दोबद्ध कविता पुरस्कार तथा सम्मान अर्पण तथा २५०औं रचनावाचन कार्यक्रम समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्त्व तथा साहित्यकार डिल्लीराज अर्यालको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ ।
रघुनाथ आचार्य, खोलाघरे साहिंलो, बाजुराम पौडेल लगायतका अतिथि रहेको सो कार्यक्रममा बद्रीनाथ छन्दोबद्ध कविता पुरस्कारबाट गोविन्द सङ्गतलाई पुरस्कृत गरिएको थियो । शारदा पराजुलीद्वारा सञ्चालित सो कार्यक्रममा सुशील आचार्य, भोलानाथ सुवेदी, राजेशमान केसी, भावना न्यौपाने, यदुनाथ वसन्तपुरे, बद्रीप्रसाद सुवेदी, बाजुराम पौडेल, आलोक चालिसे, मेनका पोख्रेल, सर्वानन्द सरस्वती, परशुराम पराशर, नारायण नेपाल, खोलाघरे साहिंलो, लगायतका स्रष्टाद्वारा रचनावाचन गरिएको थियो भने समाजका अध्यक्ष वेदमणि घिमिरेले समाजको गतिविधिको चर्चासहित रचनावाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टा गोविन्द सङ्गत महर्जनलाई समाजका अध्यक्षद्वारा माल्यार्पण, सभाध्यक्षद्वारा नगद तथा प्रमुख अतिथि अर्यालद्वारा सम्मानपत्र दिएर सम्मान गरिएको थियो ।
सम्मान पश्चात् सम्मानित स्रष्टाले आफ्ना भनाइसहित रचना वाचन, पुरस्कारका संस्थापक रघुनाथ आचार्यद्वारा आफ्ना भनाइ राख्नुभएको थियो भने समीक्षक खोलाघरेले वाचित रचनाको टिप्पणी गर्नुभएको थियो । अन्त्यमा प्रमुख अतिथि अर्यालले रचना वाचन गर्नेहरू मध्येबाट भावना न्यौपाने, यदुनाथ वसन्तपुरे, भोलानाथ सुवेदी, सर्वानन्द सरस्वतीलाई पुरस्कार प्रदान गर्नुभएको थियो भने रामायणमा ब्रह्माजीले आफ्नो अल्पज्ञान बताएकोबारे चर्चा गर्दै आफ्नो भनाइका साथै रचनावाचन गर्नुभएपछि सभाध्यक्षले आफ्ना भनाइसहित सभा विसर्जन गर्नुभएको थियो ।
०००
– डिल्लीराज अर्याल, तस्विर : खोलघरे साहिँलो
Subscribe
Login
0 Comments
Oldest












































