साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १२२ औँ शृङ्खला

घुम्ती कविगोष्ठी नेपालको १२२ औँ शृङ्खला मञ्जुश्री प्रधान केसीको आयोजनामा वहाँकै सभापतित्वमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौँ, २०७९ माघ १४ । घुम्ती कविगोष्ठी नेपालको १२२ औँ शृङ्खला मञ्जुश्री प्रधान केसीको आयोजनामा वहाँकै सभापतित्वमा सम्पन्न भयो ।

बबरमहलस्थित मञ्जुश्रीको निवासमा आयोजित सो कार्यक्रममा वरिष्ठ कवि ढुण्डिराज पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि रहनु भएको थियो । अन्य अतिथिहरूमा पवनकुमार बुढाथोकी, नारायण नेपाल, विन्दु ढकाल लगायत हुनुहुन्थ्यो ।

घुम्ती कविगोष्ठी नेपालका पूर्व अध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यो कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका कोषाध्यक्ष रामचन्द्र दाहालको स्वागत मन्तव्य तथा कविता वाचनबाट सुरु भएको थियो । यस कविगोष्ठीमा टि.एन. भट्ट विश्वामित्र, रञ्जु खनाल, बिन्दु ढकाल, रुद्र अधिकारी, घनश्याम प्रसाईँ, सुशील आचार्य, रत्न विरही घिमिरे, सिकारु राम, शिव घिमिरे, नारायण नेपाल, प्रमोद भण्डारी, भुवन शिवाकोटी चौघरे, राजेशमान केसी, परशुराम पराशर ढुण्डिराज पोखरेल लगायतले आ-आफ्ना कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यतिर घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले धन्यवादसहित कविता वाचन गर्नुभयो भने प्रमुख अतिथिले घुम्ती कविगोष्ठी नेपालको सराहना गर्दै आफ्नो रचना वाचन गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले वाचित रचनाहरूको टिप्पणी गर्दै काव्य सिद्धान्तको कुरा उठाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा सभापति मञ्जुश्री प्रधान केसीले सबैलाई धन्यवाद दिँदै आफ्नो रचना वाचन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो ।

०००
-परशुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x