सुलसुलेहाइकुका ८ कृति विमोचन
नेपाल हाइकु केन्द्रद्वारा प्रकाशित ८ वटा मोबाइल साइजका हाइकु कृति एक समारोह बिच भब्य रुपमा बिमोचन भएको छ ।

काठमाडौं, २०७९, माघ २० । नेपाल हाइकु केन्द्रद्वारा प्रकाशित ८ वटा मोबाइल साइजका हाइकु कृति एक समारोह बिच भब्य रुपमा बिमोचन भएको छ ।
नेपाल हाइकु केन्द्रका अध्यक्ष साहित्यकार प्रा.रामकुमार पाँडेको सभापतित्वमा भएको उक्त हाइकु पुस्तक न्युलोकार्पणका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत एबम विश्वविद्यालयका कुलपति समेत रहिसक्नु भएका बिद्वान केदारभक्त माथेमाको उपस्थितिमा प्रमुख अतिथी, नेहाका अध्यक्ष र हाइजिन बाट एकैपल्ट बिमोचन भएको थियो ।
कृतिको समीक्षा नेहाका उपाध्यक्ष डा मित्रबन्धु पौडेलबाट भएको थियो । विदेशमा बसेका चार नेपाली पुरु सुबेदी (अमेरिका), बिमल गिरि (बेल्जियम), पशुपति कर्माचार्य (न्युजिल्यान्ड), प्रमोद सारङ्ग (कोरिया), डा यादवप्रसाद ढुङ्गाना, दीव्य गिरि, मन्जु पौडेल र नीता श्रेष्ठका गरि ८ हाइकुका पुस्तक जनार्पण गरिएको थियो ।
नेपाल हाइकु केन्द्रबाट यो समेत मोबाइल साइजका २४ हाइकु संकलन प्रकाशित भैसकेका छन् । उक्त अवसरमा नेपाल हाइकु केन्द्र कोरिया च्याप्टरले हाइजिन प्रा.रामकुमार पाँडेलाइ हाइकु प्रवर्धनमा योगदान गरे बापत सम्मान पनि गरेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल हाइकु केन्द्रका सूचना प्रविधिविज्ञ शिरोमणि दवाडीबाट भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































