साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटै गल्ती

मलाई था छ कि एक गल्तीलाई भगवानले नि माफ गर्छ । हेड सर केही थप्न खोज्दै थिए । मैले इसाराले नै धम्की दिँदै चुप लगाएँ । हेड सर चुप भएपछि ममा झन् गर्वको ऊर्जा थपियो ।

Nepal Telecom ad

म एउटै गल्ती गर्छु । एक गल्तीलाई गल्ती मानिँदैन । म पनि मान्दिनँ तर गल्ती गर्छु । नमानेर गल्ती गर्छु भन्नुको अर्थ जानेर गल्ती गर्छु । कहिलेकाहीँ यो लाग्छ कि नचाहेर पनि म गल्ती गर्छु वा गर्न पुग्छु । कहिलेकाहीँ लाग्छ ्- म गल्ती गर्दिनँ, भइहाल्छ ।

म इमानदार छु, यसैले गल्ती स्वीकार गर्छु ।
गल्ती फाइदाको लागि गर्छु । म विद्यालय ढिलो मात्र पुग्छु । ढिलो पुग्दा हुने फाइदा के हो भने एकै स्वरमा सबैले ‘नमस्कार, प्रणाम’ गर्छन् । सबैको अभिवादन एक साथ खानुको मज्जै बेग्लै । सधैँ छिटो कार्यालय पुग्नेलाई के थाहा यसको स्वाद । उसको हात त झन् बढी उठेको हुन्छ नमस्कार गर्दै ।

एक दिन हेड सरले मसित जिस्कँदै सोध्नुभो- “तपैँ सधैँ ढिलो पाल्नुहुन्छ, अप्ठेरो लाग्दैन ?”
नम्र भएर बोलें- “अलिक छिटो हुँला कि भन्ने डर लाग्छ । संस्कार बसिसक्यो ढिलो आउने । मजस्तो बूढो मान्छेलाई आफ्नै संस्कार र संस्कृतिमा बस्न दिनुस् ।”
“तपैँ धेरै कम समय दिनुहुन्छ रे भनेर आरोप लगाउँछन् स्टाफहरू ।”
“यहाँ अनेक गल्ती गर्ने अनेकानेक छन् । म केवल एक गल्ती गर्छु र गर्वका साथ भन्छु- म ढिलो आउँछु ।”
“अनि फर्किन नि ?”
“फर्किन म कहाँ ढिलो गर्छु ? मभन्दा पहिले कोही घर फर्किन सक्छ ? आउन ढिलो आए पनि फर्किन चाहिँ म सधैँ सबैभन्दा पहिलै फर्किन्छु । मलाई था छ कि एक गल्तीलाई भगवानले नि माफ गर्छ ।”

हेड सर केही थप्न खोज्दै थिए । मैले इसाराले नै धम्की दिँदै चुप लगाएँ । हेड सर चुप भएपछि ममा झन् गर्वको ऊर्जा थपियो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x